Like us!
Follow us!
Connect us!
Watch us!

कर्जा असुलीभन्दा लघुवित्तकर्मीको सुरक्षा नै चिन्ताको विषय भएको लघुवित्त बैंकर्स संघको भनाई

अर्थ संसार

मंगलबार, १२ असार २०८०, ११ : ०४ मा प्रकाशित

कर्जा असुलीभन्दा लघुवित्तकर्मीको सुरक्षा नै चिन्ताको विषय भएको लघुवित्त बैंकर्स संघको भनाई

नेपाल लघुवित्त बैंकर्स संघले अहिलेको अवस्थामा कर्जा असुलीभन्दा लघुवित्तकर्मीको सुरक्षा नै चिन्ताको विषय भएको औल्याएको छ । संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा लघुवित्तकर्मीहरुले यस्तो विषय औँल्याएका हुन् । 

अहिले लघुवित्तहरुको मुख्य समस्या भनेको कर्जा असुली नभई लघुवित्तकर्मीको सुरक्षाको विषय भएको संघका पूर्व अध्यक्ष बसन्त लम्सालले बताए। कर्जा असुली हुँदै जानेमा आफुहरु विश्वस्त भए पनि लघुवित्त र लघुवित्तकर्मीहरुको सुरक्षा पहिलो चिन्ताको विषय भएको उनले बताए । त्यस्तै कार्यक्रममा संघका महासचिव राम बहादुर यादवले पैसा तिर्ने चाहनेहरुले पनि सुरक्षाको कारणले तिर्न नपाएको बताए  । 

सोमबार संघले सुरक्षाको प्रत्याभूतिको माग गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ  । मनिराम ज्ञवालीसहितका व्यक्तिहरुको नेतृत्वमा भएको ऋण नतिर्ने आन्दोलन नरोकिएपछि संघले ज्ञापनपत्र बुझाएको हो  ।

ज्ञापनपत्रमा उक्त समुहको गतिविधिहरु निरन्तर चली रहने, राज्यको संयन्त्रबाट असहयोग हुने, र हालको सुरक्षा अवस्थामा सुधार नभएमा लघुवित्त वित्तीय संस्थाहरुले अझ कडा कदम चाल्ने र यसका सम्पूर्ण सेवाहरु बन्द गर्नु पर्ने जस्ता अप्रिय निर्णय लिन बाध्य हुने उल्लेख गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको