Like us!
Follow us!
Connect us!
Watch us!

ललिता निवास जग्गा प्रकरण– यी हुन् अहिलेसम्म पक्राउ परेका ७ आरोपी (नामसहित)

अर्थ संसार

मंगलबार, १२ असार २०८०, १७ : ४० मा प्रकाशित

ललिता निवास जग्गा प्रकरण– यी हुन् अहिलेसम्म पक्राउ परेका ७ आरोपी (नामसहित)

काठमाडौंको बालुवाटारस्थित् ललिता निवासको जग्गा व्यक्तिका नाममा सारेर अनियमितता गरेको आरोपमा मुछिएका आरोपीतहरु धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलिले आज एकैदिन यस प्रकरणमा मुछिएका ७ जना आरोपितलाई पक्राउ गरेको हो । 

सिआइबीको टोलिले आज बिहान भाटभटेनी सुपर मार्केटका मीनबहादुर गुरुङलाई पक्राउ गरेको थियो । उनी प्रधानमन्त्री पुष्प कमल दाहाल निकटका मानिन्छन् । त्यस्तै, सिआइबीको टोलिले आजै गुरुङसहित मालपोत कार्यालय डिल्लिबजारका तत्कालिन कार्यालय प्रमुख सहसचिव कलाधर देउजा, कर्मचारीहरु धर्मेन्द्रप्रसाद गौतम, सुरेन्द्रमान कपाली, हुपेन्द्रमणि केसी तथा सुधिरकुमार साह र गोपाल कार्कीलाई पक्राउ गरेको छ । 

उक्त प्रकरणमा तत्कालिन प्रधानमन्त्री माधव नेपाल, बाबुराम भट्टराई तथा पूर्व उपप्रधानमन्त्री विजयुमार गच्छेद्धारसहित १७५ जना मुछिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको