Like us!
Follow us!
Connect us!
Watch us!
लोकतन्त्रको सर्भिसिङ सुरु

प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास प्रकरणमा संलग्नहरु पक्राउ पर्न थाले: प्रधानमन्त्री प्रचण्ड

अर्थ संसार

बुधबार, १३ असार २०८०, १२ : ५५ मा प्रकाशित

प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास प्रकरणमा संलग्नहरु पक्राउ पर्न थाले: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री निवास निल्न खोज्नेहरु पक्राउ पर्न थालेको बताएका छन् । आज (बुधबार) प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास प्रकरणमा संलग्न रहेकाहरु पक्राउ पर्न थालेको जानकारी गराए । नक्कली भुटानी शरणार्थी प्रकरण, बालुवाटार जग्गा प्रकरणमा संलग्न रहेका तथा मिटरब्याजीमाथिको कारबाहीले हाइ प्रोफाइल व्यक्तिहरु कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान भ्रम अन्त्य भएको बताए । यसले लोकतन्त्रको सर्भिसिङ सुरु भएको उनको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको