Like us!
Follow us!
Connect us!
Watch us!

ललिता निवास प्रकरणः मीनबहादुर गुरुङसहित ४ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति

अर्थ संसार

बुधबार, १३ असार २०८०, १६ : १५ मा प्रकाशित

ललिता निवास प्रकरणः मीनबहादुर गुरुङसहित ४ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति

ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा मंगलबार पक्राउ परेका चार जना आरोपितलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न ‍‍‍काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । आज अदालतले चार जना आरोपितलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न ‍‍‍अनुमति दिएको हो । 

प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र तत्कालीन सरकारी कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई मंगलबार बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा पक्राउ गरेको थियो । 

तत्कालीन सरकारको हस्तक्षेपका कारण २०७८ पुसदेखि रोकिएको अनुसन्धान फाइल खोल्दै प्रहरीले मंगलबार उनीहरुलाई पक्राउ गरेको हो । मंगलबार पक्राउ परेका अन्य तीन जना आरोपितलाई भने बाहिरै राखेर अनुसन्धान गर्ने भन्दै रिहा गरिएको थियो ।

पक्राउ परेका चार आरोपितलाई प्रहरीले म्याद थपका लागि बुधबार काठमाडौं जिल्ला अदालत लगेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको