Like us!
Follow us!
Connect us!
Watch us!

अहिलेको बजेटले नागरिकका समस्या समाधान गर्न सक्दैन्, समस्या सरकारमा छः अर्थविद् डा. गोपीलाल न्यौपाने

अर्थ संसार

शुक्रबार, १५ असार २०८०, ११ : १३ मा प्रकाशित

अहिलेको बजेटले नागरिकका समस्या समाधान गर्न सक्दैन्, समस्या सरकारमा छः अर्थविद् डा. गोपीलाल न्यौपाने

अर्थविद् डा. गोपीलाल न्यौपानेले अहिले नेपालको समस्या बेरोजगारी भएको बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले संसद्बाट पारित बजेट र नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिका बारेमा विज्ञहरुसँगको अन्तरक्रिया गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

बजेटले नेपालमा रहेका समस्या समाधान गर्न सक्नुपर्ने उनको भनाई छ । प्रधानमन्त्री, उपप्रधानमन्त्री भएका मान्छे, तिनका श्रीमती र नातेदारले देशलाई चुर्लुम्म डुबाएपनि त्यसलाई नियन्त्रण गर्नेतर्फ बजेटमा कुनै योजना समावेशन नभएको उनको आरोप छ । अहिलेको बजेटले नागरिकका समस्या समाधान गर्न नसक्ने, यस बजेटले कर्मचारीलाई तलब खुवाउने र नेताहरुले भत्ता खानेभन्दा अर्को काम नहुने उनको दाबी छ । अहिले प्रत्येक नागरिकमा भ्रष्टाचार संस्कृति मौलाइरहेको उनले टिप्पणी गरे । मौका पाएको खण्डमा जोसुकै पनि भ्रष्टाचारका लागि अगाडि सर्ने उनको भनाई छ । 

‘आज नेपालको समस्या बेरोजगारी हो । करप्सन यसरी गएको छ, प्रत्येक नागरिक मौका पाएसम्म भ्रष्टाचारमा चुर्लुम्म डुब्छ । भ्रष्टाचारलाई आफ्नो दैनिकी बनाएको छ, मौका नपरेसम्म छोड्ने हो, मौका पाएपछि कसैले पनि छोडेको छैन,’– उनले भने । 

सरकारले जनता भनेको कुखुरा हो, यसलाई विस्तारै भुत्ल्याउनुपर्छ भनेर लागिरहेको उनको आरोप छ । अहिलेकै जस्तो  बजेटले नेपालको समस्या कहिल्यै पनि समाधान नहुने उनको दाबी छ । नेपाली जनताका लागि समस्या नेपाल सरकार आफैं भएको उनले आरोप लगाए । 

‘नेपाल सरकार चाहीँ नेपाली जनताको लागि प्रब्लम हो । समस्या सरकारमा छ, सरकार चाहीँ समस्या हो । जिडिपी बढाउनका लागि, राजश्व बढाउनका लागि सरकार आफैं महँगी बढाउँछ । यो साम्यावादी कोर्ष गलत छ,’– उनले भने । 
नेपालको कर प्रणाली ‘एक कर प्रणाली’ लागू गर्न आवश्यक रहेको उनको भनाई छ । प्रत्येक वर्ष पाँच लाख मान्छे गरिबीको रेखामुनि पुगेको बताउँदै उनले अहिलेकै जस्तो बजेट ल्याउँदा यो समस्या कहिल्यैपनि समाधान हुन नसक्ने बताए । सरकारले व्यापार गर्दा जनतालाई धेरै ठग्ने उनको आरोप छ । आयल निगम, नेपाल विद्युत प्राधिकरणजस्ता संस्थाले जनता ठगिरहेको उनको आरोप छ । घाटा चाहीँ जनताले तिर्नुपर्ने र नाफा बाँड्न नपर्ने अवस्थामा सरकारी संस्थानहरु रहेको उनको आरोप छ । 

गरिब र धनीको बीचमा ग्याप अत्यन्त डरलाग्दो किसिमले बढेर गएको र बजेटले यस्ता समस्या र नागरिकका जनजीविकाका समस्यालाई सम्बोधन गर्न सक्नुपर्ने उनले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको