काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) विश्वका मेयरहरूको साझा संगठन ‘वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज’ सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन् । आज (आइतबार) दुई वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् ।
मेयर साहको कार्यकाल सन् २०२४ देखि २०२६ सम्म रहनेछ । मेयर साहले उक्त जिम्मेवारीमा रहँदा सदस्यहरूको सभाले तोकेका दिशा निर्देशहरू पूरा गर्नुपर्ने हुन्छ । उक्त संगठनले विश्वभरका राजनीतिक नेताहरू, नीति निर्माताहरू र व्यवसायीहरूबीचको एकतामार्फत महानगरीय हितहरूको वकालत गर्छ।
सन् १९८५ मा ‘वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज’को स्थापना भएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस