Like us!
Follow us!
Connect us!
Watch us!

जनता सहकारी र लघुवित्तको पासोमा परेको छ: रवि लामिछाने

अर्थ संसार

मंगलबार, १९ असार २०८०, १४ : ५६ मा प्रकाशित

जनता सहकारी र लघुवित्तको पासोमा परेको छ: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा आर्थिक मन्दीको अवस्था सुरु भएको औँल्याएका छन् । मंगलबार कैलालीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले देशमा अहिले विशेष परिस्थिति सिर्जना भएको बताएका हुन् । साथै, अहिले जनता सहकारी र लघुवित्तको पासोमा परेको उनको भनाई छ ।

‘जनताहरु लघुवित्तको पासोमा परेका छन् । सहकारीका पीडितहरु अहिले पनि दर्दानक अवस्थामा छन् । यो क्लोजिङको बेलामा कतिजना व्यवसायीहरुले कसरी तिर्न सक्नुहुन्छ ? रिपेमेन्ट प्लान भन्ने केही पनि गरेको छैन सरकारले । विशेष परिस्थिति सिर्जना भएको छ । सरकारले घोषणा पो नगरेको त । आर्थिक मन्दीको अवस्थामा छ भनेर त सबै सूचकहरुले बताइसकेका छन्,’– उनले भने ।

अहिलेको परिस्थितिलाई सरकारले नजर अन्दाज गर्नुको कारण आफूले बुझ्न नसकेको उनको भनाई छ ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको