Like us!
Follow us!
Connect us!
Watch us!

गाँजा व्यवसाय व्यवस्थापन र नियमनका लागि आत्मनिर्भर अभियान नेपालले बनायो विधेयक, छिट्टै सरकारलाई हस्तान्तरण गर्ने घोषणा

अर्थ संसार

शुक्रबार, २२ असार २०८०, १७ : २४ मा प्रकाशित

गाँजा व्यवसाय व्यवस्थापन र नियमनका लागि आत्मनिर्भर अभियान नेपालले बनायो विधेयक, छिट्टै सरकारलाई हस्तान्तरण गर्ने घोषणा

आत्मनिर्भर अभियान नेपालले गाँजा व्यवसाय तथा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न विधेयक बनाएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आत्मनिर्भर अभियान नेपालमा संस्थापक श्री गुरुङले विधेयक र अवधारणा पत्र सार्वजनिक गरेका हुन् । उक्त विधेयकको नाम “गाँजा व्यवसाय तथा खेती (व्यवस्थापन र नियमन) ऐन, २०८०” रहेको छ । उक्त विधेयक नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी रहेको पनि उनले जनाए । 

गाँजा खेतिलाई वैध गराउनुपर्छ भनेर विभिन्न समयमा संसद्मासमेत आवाज उठेको स्मरण गर्दै उनले आफूहरुको समूहले संसद्मा पेश भएका विधेक, गाँजा खेतीबारे अन्तराष्ट्रिय तहमा भएको अभ्यास र प्रयासलाई अध्ययन गरेर विधेक तयार गरेको बताए । गाँजा खेतीमा रहेका चुनौतिहरुलाई कसरी समृद्धिमा परिणत गर्न सकिन्छ भनेर आफूहरु लागिरहेको उनको भनाई छ । 

‘आजभन्दा अगाडिका माननीयहरुले पनि संसद्मा पेश गर्नुभयो । तर, त्यो प्राइभेट विल थियो । त्यो प्राइभेट बिलहरुलाई पनि हामीले अध्ययन गरेर, विदेशमा भएका केसहरुको स्टडी गरेर, यसमा भएका चुनौतीलाई हेरेर हाम्रो देशको समृद्धिमा कसरी परिणत गर्न सकिन्छ भनेर यसको अवधारणा पत्र बनायौं ।’ उनले भने, ‘अवधारणा अन्तर्गत हामीले पछिल्लो समयमा नयाँ विधेयक तयार गरेका छौं । यो विधेयक हामी नेपाल सरकारलाई हस्तान्तरण गर्नेछौं ।’ 
नेपाली समाजले गाँजा खेतीलाई संकुचित दृष्टिकोणले हेरेको गुरुङको बुझाई छ । गाँजालाई प्रतिबन्ध लगाएर पुर्खाहरुले गल्ती गरिसकेको भन्दै उनले गाँजा खेतीबारे खुल्ला दिमागले सोच्न आवश्यक रहेको बताए । गाँजामाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने अवसर आएको पनि उनको भनाई छ । 

‘आज हामीले जे विषयमा कुरा गर्न गइरहेका छौं, यसलाई हाम्रो समाजले अहिलेसम्म संकुचित दृष्टिकोणले हेरिरहेको छ । यसको बारेमा हामीले अहिले खुल्ला दिमागले नसोच्ने हो भने समृद्धिको विउलाई हामीले संकुचित मानसिकताले हेर्दैछौं ।’ उनले भने, ‘हाम्रा पूर्खा, हाम्रा बाउ बाजेहरुले यसलाई प्रतिबन्ध गरेर भूल गरिसकेका छन् । अब त्यसलाई फुकुवा गर्ने हामीसँग अवसर आएको छ ।’ 

गाँजा खेतिमा रहका चुनौतिहरुलाई सम्बोधन गरेर प्रतिफल प्राप्तिमा लाग्नु जरुरी रहेको उनको भनाई छ । गाँजालाई वैध गराउनका लागि विभिन्न कालखण्डमा आवाज उठाउने काम भएपनि अहिलेसम्म प्रगति नभएको उनले बताए । 
किसानहरुलाई गाँजाले सबैभन्दा छिटो र सहज प्रतिफल दिनसक्ने उनको भनाई छ । उनले किसानहरुमा रहेको बादरदेखि रासायनिक मलसम्मको समस्यालाई गाँजा खेतिले नै सबैभन्दा चाँडो सम्बोधन गर्नसक्ने बताए । अन्तराष्ट्रिय बजारमासमेत गाँजामा प्रतिष्पर्धा नरहेकाले यसबाट नेपालीहरुले राम्रो प्रतिफल प्राप्त गर्नसक्ने उनको दाबी छ । गाँजा खेतीबाट वार्षिक २० लाख पर्यटक थप भित्र्याउन सकिने उनले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको