Like us!
Follow us!
Connect us!
Watch us!

गाँजाबारे अर्थमन्त्री डा. महतले भने– चिलिम तान्ने हाम्रो त परम्परै हो

अर्थ संसार

शुक्रबार, २६ जेठ २०८०, १७ : ४० मा प्रकाशित

गाँजाबारे अर्थमन्त्री डा. महतले भने– चिलिम तान्ने हाम्रो त परम्परै हो

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले आगामी बजेटमा ल्याएको गाँजा खेतीको योजनाबारे स्पष्टीकरण दिएका छन्। आज (शुक्रबार) राष्ट्रियसभाको बैठकमा सांसद्‍का प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री महतले गाँजा तान्ने हाम्रो परम्परा नै भएको जनाएका हुन्।

उनले विदेशीहरूको आग्रहमा साहायताको आशामा कानुन ल्याएर गाँजा खेती रोकेको बताउँदै भने, ‘अहिले उनीहरुले जम्मै खोलेर मेडिसिनल प्रपोजका लागि, रिक्रेसनका लागि भनेर ठूलो विजनेश गरिराख्या छ। आफैँले छोडिसक्यो।’

उनले भने, ‘हाम्रो गाउँ गाउँमा चार जना ओरीपरि बसेर चिलिम तान्ने त परम्परै सामान्य हो त्यो त। हाम्रो संस्कृति देखि नै चलिआएको कुरा हो। अरुले रोक भन्यो अलि अलि साहायता रोकिदिएला भनेर रोक्यौं।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको