Like us!
Follow us!
Connect us!
Watch us!

गाँजा मनोरञ्जनात्मक प्रयोजनका लागि बिक्री वितरण गर्न पाउने थाइल्यान्डको नियम दुई वर्षमै उल्टियो

अर्थ संसार

विहीबार, १७ फागुन २०८०, २० : १६ मा प्रकाशित

गाँजा मनोरञ्जनात्मक प्रयोजनका लागि बिक्री वितरण गर्न पाउने थाइल्यान्डको नियम दुई वर्षमै उल्टियो

सन् २०२२ मा मनोरञ्जनात्मक प्रयोगका लागि गाँजा सेवन गर्न खुला गरेको थाइल्यान्डले दुई वर्ष पछि नै उक्त व्यवस्था उल्ट्याउने भएको छ ।

सन् २०१८ मा औषधिजन्य प्रयोजनका लागि गाँजाको प्रयोग खुला गरेको थाइल्यान्डले सन् २०२२ दक्षिण पूर्वी एसियामै मनोरञ्जनात्मक प्रयोजनका लागि गाँजा सेवन गर्न खुला गर्ने पहिलो देश बनेको थियो । गाँजाको बिक्री व्यापार, खेती खुला गरेपछि थाइल्यान्डमा अर्को वर्षसम्म करिब १.२ बिलियन डलर बराबरको गाँजाको उद्योग बन्ने अनुमान गरिएको थियो भने यस दुई वर्षे अवधिमा त्यहाँ दशौँ हजारको संख्यामा गाँजा पसल खुलेका थिए ।

तर कानुनहरु नबनाई गाँजाको व्यापार वितरण खुला गरिँदा त्यसले गम्भीर समस्या निम्त्याउने भन्दै नयाँ नियमहरु कार्यान्वयनमा ल्याउन लागिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गाँजाको सेवन खुला छोडिँदा त्यहाँका बालबालिकाले अन्य किसिमका लागूऔषधको कुलतमा फस्ने सम्भावना उच्च रहने भन्दै गाँजालाई प्रतिबन्धित अवस्थामा राख्ने निर्णय गरिएको जनाइएको छ ।

अब त्यहाँ कानुन बमोजिम दर्ता नभएका गाँजाका पसल बन्द गरिनेछ भने गाँजा औषधिजन्य प्रयोजनका लागि मात्र प्रयोग गर्न पाइनेछ । अहिले थाइल्यान्डमा कानुनत दर्ता भएका मात्रै २० हजार गाँजा पसल रहेका छन् । ती पसलहरु लाइसेन्स रहेसम्म सञ्चालन भई त्यसपछि कानुनी रुपमा दर्ता भएका गाँजा क्लिनिकका रुपमा सञ्चालन गर्न दिने योजना रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको