Like us!
Follow us!
Connect us!
Watch us!

कोशीमा प्रधानमन्त्री प्रचण्डका ज्वाइँ दोस्रो पटक बने मन्त्री, यसपटक अर्थको जिम्मेवारी तोकियो

अर्थ संसार

आइतबार, २४ असार २०८०, ११ : ३० मा प्रकाशित

कोशीमा प्रधानमन्त्री प्रचण्डका ज्वाइँ दोस्रो पटक बने मन्त्री, यसपटक अर्थको जिम्मेवारी तोकियो

कोशी प्रदेश सरकारमा धमाधम मन्त्री मण्डल विस्तार भइरहेको छ । आज भने मन्त्री मण्डल विस्तारको क्रममा माओवादीका तर्फबाट जीवन आचार्य मन्त्री नियुक्त भएका छन् । आचार्यलाई मुख्यमन्त्री उद्धव थापाले शुक्रबार आर्थिक मामिला मन्त्री नियुक्त गरेका थिए । उनलाई मुख्यमन्त्री थापाले आज (आइतबार) बिहान १० बजे पद तथा गोपनीयताको सपथ गराएका छन्  ।

आचार्य नाताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ हुन् ।  यसअघि कार्की नेतृत्वको सरकारमा समेत पर्यटनमन्त्री रहेका आचार्यलाई थापाले शुक्रबार नै सपथ गराउन खोजे । तर,  माओवादीभित्रको आन्तरिक विवादले रोकिएको थियो ।

अघिल्लो पटक भौतिक पूर्वाधार विकास मन्त्री रहेका दुर्गाप्रसाद चापागाईं पहिलो चरणमा मन्त्री बनाउन पार्टी नेतृत्वमाथि दबाब परेको थियो । मुख्यमन्त्री थापाले यसअघि कांग्रेसका प्रदीप सुनुवार र एकीकृत समाजवादीका कमल जवेगुलाई समेटेर तीन सदस्य मन्त्रिपरिषद् गठन गरेका थिए । आज मुख्यमन्त्री थापाले आचार्यसहित माओवादीबाट २ जना र कांग्रेसबाट एक जना गरी तीन जना मन्त्री नियुक्त गरेका हुन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको