Like us!
Follow us!
Connect us!
Watch us!

आजबाट प्रदेश र स्थानीय तहको खाता रोक्का

अर्थ संसार

सोमबार, २५ असार २०८०, ११ : ०१ मा प्रकाशित

आजबाट प्रदेश र स्थानीय तहको खाता रोक्का

महालेखा नियन्त्रक कार्यालयले आज (सोमबार)देखि प्रदेश र स्थानीय तहको खाता रोक्का हुने जनाएको छ। महालेखाले यही असार ११ गते जारी गरेको सूचनाअनुसार प्रदेश र स्थानीय तहले असार २४ गते राति १२ बजेपछि कुनै पनि रकम भुक्तानी लिन पाउने छैनन्। प्रदेश र स्थानीय तहको प्रणालीबाट एक सातासम्म नयाँ रकम भुक्तानी भने हुने छैन।

राति १२ बजेसम्म प्रणालीमा खर्च देखाएर जारी भएका चेकहरु सोमबार पनि साटिन सक्नेछन्, तर कानुनअनुसार सोमवारबाट नयाँ चेक जारी गर्न पाइँदैन, सूचनामा भनिएको छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० ले आर्थिक वर्ष समाप्त हुनुभन्दा एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था गरेको छ। तर, नियमावलीले संघ सरकारलाई रकमान्तर गर्दै खर्च गर्ने छुट दिएको छ।

सोही व्यवस्थाअनुसार कार्यालयले चालु आर्थिक वर्षका सबै भुक्तानी असार २४ गतेभित्र गरिसक्न असार १० नै परिपत्र गरिसकेको थियो । सबै कोलेनिका र प्रलेनिकालाई परिपत्र गर्दै खाता बन्द गरिसक्न भनिएको थियो । 

प्रदेश तथा स्थानीय तहको बजेट भुक्तानी निकासाका लागि प्रयोग हुँदै आएका स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र), एकल खाता कोष प्रणाली (टिएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) असार २४ गतेपछि एक हप्ताका लागि बन्द हुनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको