Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री प्रचण्डले भने– राजीनामा नआएसम्म संसद चल्न दिईनेछैन भनेर किन भनियो मैले बुझेको छैन

अर्थ संसार

सोमबार, २५ असार २०८०, १६ : ५६ मा प्रकाशित

प्रधानमन्त्री प्रचण्डले भने– राजीनामा नआएसम्म संसद चल्न दिईनेछैन भनेर किन भनियो मैले बुझेको छैन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहितका दलहरुले विरोध जनाएपछि आफ्नो स्पष्टीकरण दिइरहेका छन् । आज (सोमबार) प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्तिबारे स्पष्टोक्ती दिइरहेका छ्न् । 

उनले भने,‘एउटा पुस्तक विमोचनको सन्दर्भमा मेरो अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलले मुख्य रुपमा उठाएको विषयमा मेरो गम्भीर ध्यानाकार्षण भएको छ । मैले सुरुमा बोल्ने अवसरको लागि माग गरेको थिएँ । मैले सभामुखसमक्ष र राजनीतिक दलसमक्ष पनि यति गम्भीर प्रश्न उठिनै सकेपछि मैले यथार्थ के हो भनेर आफ्नो स्पष्टीकरण दिने अवसर दिने कुरा सबभन्दा ठूलो कुरा थियो ।’

उनले राजीनामा नआएसम्म संसद् चल्न दिईनेछैन भनेर किन भनियो भनेर आफूले नबुझेको स्पष्ट पारे । उनले भने,‘के यही हो ससदीय अभ्यास ? प्रतिपक्षलाई त्यो हक छ, राजीनामा दिनुपर्छ भन्नपनि सकिन्छ । संसदीय अभ्यास र पद्धती के हो भनेर उहाँहरुलाई राम्रोसँग थाहा छ ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको