Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वकर्मचारीले सिईओ र एमडीको हत्या गरेपछि...

अर्थ संसार

बुधबार, २७ असार २०८०, १४ : ३२ मा प्रकाशित

पूर्वकर्मचारीले सिईओ र एमडीको हत्या गरेपछि...

बेङलुरु निजी प्रविधि कम्पनीका प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशकको सोही कम्पनीमा काम गरेका एक जना पूर्वकर्मचारीले हत्या गरेका छन् ।

एरोनिक मिडिया प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विनु कुमार र प्रबन्ध निर्देशक (एमडी) पानिन्द्र सुब्रमण्यको पूर्वकर्मचारीले तरबार प्रहार गरेर मारेका प्रहरीले बताएको छ । 

प्रहरीका अनुसार फेलिक्स भनेर चिनिने अभियुक्त पूर्वकर्मचारीले एरोनिक मिडियाको कार्यालयमा पसेर आफ्ना पूर्वहामिमाथि तरवारले प्रहार गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएका उनीहरूको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । घटानपछि फरार आक्रमणकारीको खोजी भइरहेको छ ।-एएनआई/Photo Source: Agency

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको