Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको सपना साकार : ७ वटा नयाँ ब्रोकरले थाले कारोबार

अर्थ संसार

विहीबार, २८ असार २०८०, १६ : ०२ मा प्रकाशित

लगानीकर्ताको सपना साकार : ७ वटा नयाँ ब्रोकरले थाले कारोबार

सेयर लगानीकर्ताहरूको विगत लामो समयदेखिको सपना साकार भएको छ । आजबाट दोश्रो बजारमा ७ वटा नयाँ ब्रोकर कम्पनीले कारोबार सुरू गरेका छन् । १६ वर्षपछि सेयर बजारमा नयाँ युगको सुरूवात भएको हो । १६ वर्षदेखि ५० वटा ब्रोकरले कारोबार गर्दै आएका थिए ।

नयाँ युगकाे सुरूवात : क्यापिटल म्याक्सले सुरु गर्याे कारोबार

१. सन सेन्युरिटिज प्रा.लि. (ब्रोकर नम्बर ६४)

२. मियो सेक्युरिटिज प्रा.लि. (ब्रोकर नम्बर ६६)

३. हिमालयन ब्रोकरेज प्रा.लि. (ब्रोकर नम्बर ६३)

४. सेयरप्रो सेक्युरिटिज प्रा.लि. (ब्रोकर नम्बर ६५)

५. भोले गणेश सेक्युरिटिज प्रा.लि. (ब्रोकर नम्बर ६१)

६. क्यापिटल म्याक्स सेक्युरिटिज प्रा.लि. (ब्रोकर नम्बर ६२)

७. प्रोपर्टी विजार्ड प्रा.लि. (ब्रोकर नम्बर ६७)

यी ७ वटा ब्राेकरले गरेर कुल  २१० कित्ता सेयर खरीद गरेका छन् । यी ब्रोकर मार्फत १ लाख ७ हजार ९ सय ७५ रुपैयाँ बराबरको सेयर खरिद भएको हाे ।

सेबोनमा आवेदन दिएका ४३ वटा कम्पनीमध्ये १८ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्स पाएका थिए।  त्योमध्ये सबै मापदण्ड पूरा गरेका ७ वटा ब्रोकर कम्पनीलाई नेप्सेबाट कारोबार सदस्यता प्रदान गरिएको थियो । सेबोनबाट दोस्रो चरणमा लाइसेन्स पाएका ११ वटाले पनि कारोबार सदस्यताका लागि नेप्सेमा निवेदन दिइसकेका छन्।  कारोबार सदस्यता पाएका ७ वटा नयाँ ब्रोकरहरूले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी) बाट असार २५ गते, सोमबार  'क्लियरिङ मेम्बर' अर्थात् राफसाफ सदस्यता पाएका थिए ।

७ वटै ब्राेकरले साेमबार नै नेप्सेमा मक ट्रेडिङ गरेका थिए । नेप्सेको एनओटीएस र ब्रोकरको टीएमएसमा डाटा ट्रान्सर्फर हुँदा कुनै समस्या आउँछ कि आउँदैन भनेर चेक गर्न मक ट्रेडिङ गरिएकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको