Like us!
Follow us!
Connect us!
Watch us!

आजबाट नयाँ आर्थिक वर्ष सुरु, यी कुरामा बढ्यो शुल्क

अर्थ संसार

सोमबार, ०१ साउन २०८०, १० : ५१ मा प्रकाशित

आजबाट नयाँ आर्थिक वर्ष सुरु, यी कुरामा बढ्यो शुल्क

आज (सोमबार)देखि आर्थिक वर्ष २०८०–८१ सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले जेठ १५ गते संघीय संसद्मा पेस गरेर पारित भएको बजेट कार्यान्वयनमा आएको हो ।

आयकर ऐन २०५८ मा सरकारले गरेको संशोधित व्यवस्थाअनुसार आज साउन १ गतेदेखि वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्ने छ । यसअघि वाषिर्क २० लाख रुपैयाँभन्दा माथि कमाउनेलाई ३६ प्रतिशत आयकर लगाइएको थियो ।

सरकारले पहिलोपटक सुरु गरेको विलासिता कर पनि कार्यान्वयनमा आएको छ । अबदेखि १० लाखभन्दा बढीको बहुमूल्य धातुमा पनि २ प्रतिशतकै दरले विलासिता शुल्क तिर्नुपर्ने छ ।

आयातित मदिरा र १० लाख रुपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गहनामा पनि पाँच प्रतिशतकै दरले विलासिता कर लाग्ने छ ।

त्यतिमात्र होइन सरकारले पाँचतारे वा सोभन्दा माथिका होटेल, रेस्टुरेन्ट तथा रिसोर्टले प्रदान गर्ने सेवामा २ प्रतिशत विलासिता कर लगाएको छ ।

विभिन्न ट्राभल एजेन्सीले बिक्री गर्ने वैदेशिक भ्रमण प्याकेजमा पाँच प्रतिशत पर्यटन शुल्क लाग्ने छ । गत जेठ १५ गते सरकारले बजेट सार्वजनिक गरेलगत्तै सुरु गरेको भन्सार महसुल,अन्तःशुल्क,मूल्य अभिवृद्धि कर, सडक निर्माण दस्तुर र मोबाइल फोनको दर्ता सम्बन्धी व्यवस्था भने कार्यान्वयनमा आइसकेको छ ।

आर्थिक वर्ष ०७९–२०८० मा सरकारको बजेट खर्च र आम्दानीको अवस्था निकै कमजोर देखिएको छ । सरकारले राजस्व संकलन उल्लेख्य रूपमा गर्न सकेको छैन भने पुँजीगत खर्च पनि कम भएको छ ।

सरकारले एक वर्षअघि विनियोजन गरेको बजेटको लक्ष्य भेटाउनु त परको कुरा डेढ महिनाअघि मात्र संशोधित अनुमानको लक्ष्य पनि हाँसिल गर्न असफल भएको छ ।

आर्थिक वर्ष ०७९–०८० को अन्तिम दिन (असार ३१ साँझसम्म० सरकारको कुल राजस्व संकलन ९ खर्ब ३५ अर्ब रुपैयाँ रहेको छ ।

सरकारले कुल १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य सुरुमा राखेको थियो । जेठ १५ मा सरकारले ११ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने संशोधित अनुमान गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको