Like us!
Follow us!
Connect us!
Watch us!

ललिता निवास प्रकरणः थप दुई जना पक्राउ, पक्राउ पर्नेको संख्या २२ पुग्यो (नामावलीसहित)

अर्थ संसार

सोमबार, ०८ साउन २०८०, १६ : २७ मा प्रकाशित

ललिता निवास प्रकरणः थप दुई जना पक्राउ, पक्राउ पर्नेको संख्या २२ पुग्यो (नामावलीसहित)

ललिता निवास जग्गा प्रकरणमा आज (सोमबार) थप दुई जना पक्राउ परेका छन् । यस प्रकरणमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज दुई जना मोहीलाई पक्राउ गरेको हो । सोमबार पक्राउ पर्नेमा नक्कली मोहीद्धय सञ्जय महर्जन र सकुलानन्द महर्जन रहेका छन् । उनीहरुले नक्कली मोही बनेर ललिता निवासको सरकारी जग्गा हडेपेको आरोप लगाइएको छ ।

यी हुन् हालसम्म पक्राउ परेका २२ आरोपीत

हालसम्म मीनबहदुर गुरुङ, कृष्णबहादुर राउत (हाल रिहा भएका), कलाधर देउजा, सञ्जय महर्जन, सकुलानन्द महर्जन, धर्मप्रसाद गौतम, सुधिरकुमार शाह, गोपाल कार्की, शिवजी भट्टराई, घमन कुमार कार्की, बाबुराजा महर्जन, रमेशकुमार पोखरेल, देवनारायण महर्जन, लोकहरि घिमिरे, धुर्वप्रसाद अर्याल, नारायण राज मिश्र, योगराज पौडेल, रुद्रकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, विनोदप्रसाद पौडेल, केशव तुलाधर, अरुणकुमार श्रेष्ठ पक्राउ परेर प्रहरीको हिरासतमा रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको