Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्त खारेजीको माग गर्दै संसद भवन अगाडि लघुवित्त पीडितहरुले गरे व्यापक प्रदर्शन

अर्थ संसार

बुधबार, १० साउन २०८०, १३ : ४० मा प्रकाशित

लघुवित्त खारेजीको माग गर्दै संसद भवन अगाडि लघुवित्त पीडितहरुले गरे व्यापक प्रदर्शन

नयाँ बानेश्वरस्थित् संसद भवन अगाडिको निषेधित क्षेत्रमा लघुवित्त पीडितहरुले व्यापक प्रदर्शन गरेका छन् । बुधबार उनीहरुले लघुवित्त संस्था खारेज हुनुपर्ने लगायतका विभिन्न पाँच बुँदे माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । 

माइतीघर मण्डलाबाट बिजुली बजार हुँदै पीडितको र्‍यालीलाई नयाँबानेश्वर निषेधित क्षेत्रमा पुगेपछि प्रहरीले रोकेको थियो । बानेश्वरको एभरेष्ट होटलअगाडि पुगेपछि प्रहरीले उनीहरूलाई रोक्न खोजेपछि धकेलाधकेल भएको हो ।

लघुवित्तिय संस्थाविरुद्धको संघर्ष समितिको आयोजना लघुवित्तविरुद्ध उनीहरुले प्रदर्शन गरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको