Like us!
Follow us!
Connect us!
Watch us!

मोदी सरकारविरुद्ध विपक्षी गठबन्धनले ल्यायो अविश्वासको प्रस्ताव, सभामुखद्वारा प्रस्ताव स्वीकार

अर्थ संसार

बुधबार, १० साउन २०८०, १४ : ४४ मा प्रकाशित

मोदी सरकारविरुद्ध विपक्षी गठबन्धनले ल्यायो अविश्वासको प्रस्ताव, सभामुखद्वारा प्रस्ताव स्वीकार

भारतमा नेरेन्द्र मोदी सरकारविरुद्ध विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव ल्याएको छ । कर्णाटकको बैंगलुरुमा घोषणा गरिएको ‘इण्डिया’ गठबन्धनले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख छ । लोकसभाका सभामुख ओम बिरलाले अविश्वासको प्रस्ताव स्वीकार गरेको भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख छ । 

मणिपुरमा महिलालाई सडकमा नग्न बनाएर सामूहिक बलात्कार गरेको भिडियो भाइरल भएसँगै सरकारको जवाफ माग्दै अविश्वासको प्रस्ताव ल्याएको हो । कांग्रेस आई नेतृत्वको विपक्षी ‘इण्डिया’ गठबन्धनले मणिपुरमा जारी हिंसाबारे प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा जवाफ दिनुपर्ने माग गर्दै आएको छ ।-Photo Source: Agency

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको