Like us!
Follow us!
Connect us!
Watch us!

इमेलमार्फत् मोदीलाई आयो ‘बम’ले उडाइदिने धम्की

अर्थ संसार

बुधबार, २४ साउन २०८०, १५ : ३६ मा प्रकाशित

इमेलमार्फत् मोदीलाई आयो ‘बम’ले उडाइदिने धम्की

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बमले उडाइदिने धम्की आएको छ । भारतको महाराष्ट्र राज्यस्थित् पुणे शहरका एक व्यक्तिलाई सो इमेल आएको बताइएको छ । 

त्यस इमेलमा विभिन्न स्थान बम धमाका गर्नुका साथै प्रधानमन्त्री मोदीलाई बमले उडाइदिने धम्की आएको भारतीय सञ्चारमाध्यम उदपुरकिरण पोस्टले लेखेको छ ।

इमेल पठाउने व्यक्ति एमए मोखिम हुन् । इमेल पठाउने व्यक्ति मोखिमले भनेको विषयलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यम उदपुरकिरण पोस्टले लेखेको छ, ‘मैलै थुप्रै आतंकवादी संगठनलाई फण्डिङ्ग गरेको छु। भारतबाट हिन्दू महिला र हिन्दूत्व खत्म गर्ने प्रयास गरिरहेका छौँ ।’

यो खबरले पुणे शहर तातेको छ । पुणे शहरको प्रहरीले यो सूचना पाएसँगै आफ्नो अपराध नियन्त्रण शाखामा सुचित गरेको सञ्चारमाध्यमले लेखेको छ । पुणे शहरको अलंकार प्रहरी वृत्तमा उक्त मामिलाको रिपोर्ट दर्ता गरिएको छ । पुणेमा पछिल्लो समय आतंकवादी गतिविधि बढ्दै गएको छ । आतंकवादी गतिविधिमा संलग्नलाई समेत प्रहरीले पक्राउ गरिरहेको छ ।

एनआइए र आयबी जस्ता एजेन्सीहरुले यस मामिलामा अनुसन्धान सुरु गरेको छ । यो खबर आएसँगै प्रहरीले आफ्नो गतिविधिलाई तीब्रता दिएको छ ।-Photo Source: Agency

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको