Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको सर्कुलर– २५ लाख भन्दा बढीको कर्जामा प्यान अनिवार्य

अर्थ संसार

शुक्रबार, १२ साउन २०८०, १५ : ३१ मा प्रकाशित

राष्ट्र बैंकको सर्कुलर– २५ लाख भन्दा बढीको कर्जामा प्यान अनिवार्य

नेपाल राष्ट्र बैंकले सर्कुलर जारी गरेको छ । आज (शुक्रबार) राष्ट्र बैंकले सर्कुलर जारी गरेको हो । 

बैंक तथा वित्तीय संस्थाले एकमुष्ट वा छुट्टा छुट्टै रुपमा रु २५ लाख वा सोभन्दा बढी कर्जा प्रवाह गर्नुपरेमा अनिवार्यरुपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने व्यवस्था गरिएको छ।

केन्द्रिय बैंकले आज सार्वजनिक गरेको एकीकृत निर्देशनमा यस्तो व्यवस्था गरिएको हो। यसअघि रु ५० लाख वा सोभन्दा बढीको कर्जामा प्यान अनिवार्य थियो।

ऋणीले स्थायी लेखा नम्बर लिएको हुनुपर्ने सम्बन्धमा बैंक तथा वित्तीय त्यस्तै, ऋणी एउटै समूह अन्तर्गत पर्ने भएमा त्यस्तो समूहले रु २५ लाख वा सोभन्दा बढी रकमको कर्जा लिएको अवस्थामा पनि अनिवार्य रुपमा प्यान नम्बर लिएको हुनुपर्ने संशोधनमा उल्लेख छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको