Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल एस क्यापिटल र एलायन्स फर्मास्यिुटिकल्सबीच ‘रोडम्याप फर आइपिओ’ सम्झौता

अर्थ संसार

विहीबार, १४ बैशाख २०८०, १७ : ११ मा प्रकाशित

एनआईबिएल एस क्यापिटल र एलायन्स फर्मास्यिुटिकल्सबीच ‘रोडम्याप फर आइपिओ’ सम्झौता

एनआईबिएल एस क्यापिटल लिमिटेड र एलायन्स फर्मास्यिुटिकल्स प्रा. लि बीच सस्ंथागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आइपिओ सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गाना तथा एलायन्स फर्मास्यिुटिकल्स प्रा. लि का तर्फबाट अध्यक्ष मनोहर दास मुलले हस्ताक्षर गरेका हुन् ।

उक्त समारोहमा एनर्आइबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट संस्थागत परामर्श प्रमुख भुवन राज पन्त तथा एलायन्स फर्मास्यिुटिकल्स प्रा. लि. का तर्फबाट प्रबन्ध निर्देशक सुनिल प्रधानको पनि उपस्थिती रहेको थियो । एलायन्स फर्मास्यिुटिकल्स प्रा. लि. कम्पनी ऐन, २०६३ अन्तर्गत कम्पनि रजिष्ट्रारको कार्यालयमा दर्ता भई काठमाडौं नेपालमा सञ्चालन भइरहेको छ र बारा जिल्ला सिमरा स्थित कारखाना बाट औषधी उत्पादन गर्दै आईरहेको छ ।

उक्त कम्पनि ले उत्कृष्ट गुणस्तरीय औषधीयुक्त बस्तु उत्पादन तथा सेवाहरु प्रदान गरेर एक दक्ष औषधीयुक्त बस्तु उत्पादन कम्पनिको रुपमा स्थापीत हुन सफल भएको छ । साथै एलायन्स फर्मास्यिुटिकल्स प्रा. लि औषधी उत्पादन कुशल अभ्यास प्रमाणित कम्पनि रहेको छ ।

उक्त सम्झौता अन्तगर्त एनआइबिएल एस क्यापिटल लिमिटेडले एलायन्स फर्मास्यिुटिकल्स प्रा. लि. लाई सर्वसाधारण सेयर निष्काशन पूर्व कम्पनिले गर्नु पर्ने पुर्व तयारी सम्बन्धी सम्पूर्ण कार्यहरुमा मध्यस्थता तथा परामर्श सेवा प्रदान गर्नेछ ।

जस अन्तर्गत एनआईबिएल एस क्यापिटल लिमिटेडले प्राइभेट कम्पनीलाई पब्लिक कम्पनी रुपान्तरणमा मध्यस्थता गर्ने, पूँजि संरचनामा तथा पूँजि विृद्घि मा आवस्यक परामर्श दिने, निष्काशन प्रकृया, आकार र मुल्य निर्धारणमा परामर्श दिने र सेयर निष्काशन पूर्व कम्पनिलाई चाहिने आवस्यक परामर्श , मध्यस्थता र कागजात तयारिमा सहयोग गर्ने छ ।

साथै सर्वसाधारणमा शेयर निष्काशन पूर्व कम्पनीलाई चाहिने आवश्यक पूँजि सकंलन प्रकृयामा पनि आवश्यक परामर्श र मध्यस्थता गर्नेछ र सर्वसाधारणमा सेयर निष्काशन गर्ने शिलशिलामा निष्काशन तथा बिक्री प्रबन्धन सम्बन्धी सम्पूर्ण आवश्यक सेवाहरु समेत प्रदान गर्नेछ ।

एनआईबिएल एस ले संस्थागत परामर्श सेवामार्फत् व्यवसायिक योजना बनाउन व्यवसायको सम्भाव्यता अध्ययन गर्ने पूँजी संकलन गर्ने ऋण संकलनमा वित्तिय संस्था र व्यवसायीबिच मध्यस्थता गर्ने र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको