Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकले गर्यो कमालको प्रगति, नाफा बढ्दा १७ % लाभांस सजिलै

अर्थ संसार

शुक्रबार, १९ साउन २०८०, ०९ : २४ मा प्रकाशित

सानिमा बैंकले गर्यो कमालको प्रगति, नाफा बढ्दा १७ % लाभांस सजिलै

सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। रिपोर्टले बैंकको १७ प्रतिशतभन्दा बढी लाभांश बाँड्न सक्ने क्षमता देखिन्छ।

खुद नाफा 

सानिमा बैंकले आफ्नो खुद नाफामा ब्यापक सुधार गरेको छ। समीक्षा अवधिमा बैंकले २ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।  अघिल्लो वर्ष यसै अवधिमा बैंकले  २ अर्ब ९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।यो २५.१३ प्रतिशत बढी हो।

खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी 

बैंकको खुद ब्याज आम्दानी ३९.५० प्रतिशतले बढेको छ।  अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो आम्दानी अहिले  ६ अर्ब ४८ करोड रुपैयाँ भएको छ।तेस्तै खुद फि तथा कमिशन आम्दानी ८.११ प्रतिशत घटेको छ। 

सञ्चालन मुनाफा

बैंकको सञ्चालन मुनाफा ७.९६ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यसै अवधिमा   २ अर्ब ९५ करोड रुपैयाँ रहेको मुनाफा समिक्षा अवधिमा ३ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। 

वितरणयोग्य मुनाफा

२ अर्ब २० करोड ९६ लाख रुपैयाँ 

खराब कर्जा अनुपात (एनपीएल) 

एनपीएल ०.३३ प्रतिशत बाट बढेर  १.३० प्रतिशत पुगेको छ। 

इम्पेयरमेन्ट चार्ज

खराब कर्जा बढ्दा बैंकको इम्पेयरमेन्ट चार्ज पनि बढेको छ।  समिक्षा अवधिमा  १ अर्ब ५ करोड रुपैयाँ चार्ज पुगेको छ। 

प्रतिशेयर आम्दानी 

२ रुपैयाँ ५४ पैसा बढेर २१ रुपैयाँ २ पैसा पुगेको छ।

मूल्य आम्दानी अनुपात

१२.३९ गुणा 

प्रतिशेयर नेटवर्थ

१५५ रुपैयाँ ५१ पैसा रहेको छ।

चुक्ता पूँजी

१२ अर्ब ४६ करोड १ लाख रुपैयाँ

जगेडा कोष

६ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ

निक्षेप संकलन र कर्जा परिचालन  

समीक्षा अवधिमा बैंकले १ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको