Like us!
Follow us!
Connect us!
Watch us!

ईपीएस २२.६४ रुपैयाँ पुगेको सिद्धार्थ बैंकको नाफा पनि बढ्यो

अर्थ संसार

शुक्रबार, १९ साउन २०८०, १० : ४७ मा प्रकाशित

ईपीएस २२.६४ रुपैयाँ पुगेको सिद्धार्थ बैंकको नाफा पनि बढ्यो

सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चाैथाे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

नाफा

उक्त विवरण अनुसार चाैथाे त्रैमाससम्म बैंकले ३ अर्ब १९ करोड १ लाख ११ हजार रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम अघिल्लाे वर्षकाे तुलनामा ९.९१ प्रतिशतले बढेकाे हाे । अघिल्लाे वर्षको यसै अवधिमा बैंकले २ अर्ब ९० करोड २४ लाख ६४ हजार रुपैयाँ नाफा कमाएकाे थियो।

व्याज आम्दानी

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी पनि २३.९७ प्रतिशतले बढेर ८ अर्ब १७ करोड ८४ लाख २२ हजार रूपैयाँ पुगेकाे छ । अघिल्लाे वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी ६ अर्ब ५९ करोड ६८ लाख ४७ हजार रूपैयाँ रहेकाे थियाे ।

सञ्चालन मुनाफा

चाैथाे त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा पनि ९.८३ प्रतिशतले बढेर ४ अर्ब ६८ करोड ५७ लाख रूपैयाँ पुगेको छ । अघिल्लाे वर्ष बैंककाे सञ्चालन मुनाफा ४ अर्ब २६ करोड ६५ लाख ५२ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको थियो ।   

वितरणयोग्य नाफा

बैंककाे वितरणयोग्य नाफा ७९ करोड ५७ लाख ६५ हजार रुपैयाँ रहेको छ । 

चुक्ता पुँजी

बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँ रहेकाे छ ।

जगेडा कोष

जगेडा कोषमा १० अर्ब ५७ करोड ८९ लाख ३५ हजार रुपैयाँ सञ्चित रहेको छ ।

प्रतिसेयर आम्दानी

बैंककाे प्रतिसेयर आम्दानी (ईपीएस) २ रूपैयाँ ४ पैसाले बढेर २२ रूपैयाँ ६४ पैसा पुगेकाे छ ।

प्रतिसेयर नेटवर्थ

बैंककाे प्रतिसेयर नेटवर्थ १८० रूपैयाँ ७३ पैसा रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको