Like us!
Follow us!
Connect us!
Watch us!

चौथो पटक हकप्रद निकाल्दै अपि पावर, साउन ३१ बाट कसले भर्न पाउछन् ?

अर्थ संसार

शनिबार, २० साउन २०८०, १२ : १८ मा प्रकाशित

चौथो पटक हकप्रद निकाल्दै अपि पावर, साउन ३१ बाट कसले भर्न पाउछन् ?

अपि पावर कम्पनी लिमिटेडले चौथो पटक हकप्रद निस्काशन गर्दै छ। यस पटक  अपिले  ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।  हकप्रद सेयर निष्काशन साउन ३१ गते बुधबारबाट हुदैँछ। कम्पनीले १ : ०.४० को अनुपातमा प्रति सेयर १०० रूपैयाँका दरले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको १ करोड ६५ लाख ३३ हजार १ सय ३७ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

यसअघि अपिले १:०.४७ , १:०.२९ र १:०.३९ हकप्रद निस्कासन गरिसकेको छ। कम्पनीले हाल सञ्चालन गरी विद्युत उत्पादन गरिरहेको आयोजनाहरुको ऋणमोचन गर्न हकप्रद सेयर निष्काशन गर्न लागेको हो। कम्पनीले हाल ८.५ मेगावाटको गौगड गाढ जलविद्युत आयोजना, ८ मेगावाटको अप्पर नौगड गाढ जलविद्युत आयोजना, ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना र १–१ मेगावाटको ढल्केबर सौर्य विद्युत आयोजना र सिमरा सौर्य विद्युत आयोजना सञ्चालन गरिरहेको छ। यी आयोजना सञ्चालन गर्न कम्पनीले कुल १ अर्ब ६८ करोड ५५ लाख ७४ हजार ६५ रुपैयाँ ४३ पैसा ऋण लिएको छ।

कम्पनीले निर्माण गरेको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाबाट सम्पूर्ण परीक्षण पूरा भई उत्पादन सुरु गरेको छ। 

हकप्रदको जानकारी 

क-कसले भर्न पाउँछन्?

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि असार २२ गते बुकक्लोज गरेको थियो । त्यसैले, असार २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै हकप्रद सेयर भर्न पाउनेछन् । 

कहिलेसम्म भर्न पाइन्छ ?

साउन ३१ गते, बुधबारबाट निष्कासन गरिने उक्त हकप्रद सेयरमा भदौ १९ गतेसम्म आवेदन दिन पाइनेछ ।

रेटिङ कति ?

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ ।  

को हो बिक्री प्रबन्धक ?

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कहाँबाट दिने आवेदन?

कम्पनीको हकप्रदमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, अपी पावरको रजिष्टर्ड कार्यालय थापाथली तथा मुक्तिनाथ विकास बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको