Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज क्यापिटल र सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश घोषणा

अर्थ संसार

शुक्रबार, २६ साउन २०८०, १० : ४७ मा प्रकाशित

सनराइज क्यापिटल र सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश घोषणा

लक्ष्मी सन्राइज बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी सनराइज क्यापिटल लिमिटेडले ३० प्रतिशत (करसहित) नगद लाभांश घोषणा गरेको छ । कमलपोखरी, काठमाडौंस्थित कार्यालयमा (बिहिबार) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–०८० को नाफाबाट लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

यसैबीच, सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सन्राइज फस्र्ट म्युचुअल फण्ड योजनाले १६ प्रतिशत दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७९–०८० का लागि सन्राइज फर्स्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर सहित १६५ का दरले हुन आउने रकम रु १३,७६,००,०००।– (अक्षरुपी तेह्र करोड छयत्तर लाख मात्र) प्रतिफल वितरण गर्ने निर्णय भइको हो । 

साथै, ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने कम्पनीले जनाएको छ । विगत ३ वर्षमा सन्राइज फस्र्ट म्युचुअल फण्ड योजनाले ६९ प्रतिशत लाभाशं वितरण गर्न सफल भएको जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको