माछापुच्छ्रे बैंकले नेपाली बैंकिङ्ग उद्योग क्षेत्रमा पहिलो पटक इएमभि इस्ट्यान्डर्डमा आधारित टाेकनाइज्ड प्रविधिको प्रयोग गरि मोबाईल बैंकिङ्ग एप्लिकेसनमा contactless offline “Tap and Pay“ सेवा सुरु गरेको छ ।
Tokenization लाई विश्वमा नै सबैभन्दा बढी सुरक्षित र भरपर्दो प्रविधिको रुपमा लिने गरिन्छ । जसमा ग्राहकहरुको खाता विवरणको सट्टा सिष्टम जेनेरेटेड कोडबाट कारोबार हुनेहुँदा ग्राहकको विवरण गोप्य र सुरक्षित रहन्छ ।
माछापुच्छ्रे बैंकले उक्त सेवा सुरु गरेसंगै बैंकका ग्राहकले तोकिएका निश्चित मर्चेन्टहरुबाट पीओएस मार्फत कारोबार गर्दा बैंकको मोबाईल बैंकिङ्ग एप्लिकेसन MBL M-Smart प्रयोग गरि आफ्नो फोनको माध्यमबाट ट्याप गरी भुक्तानी गर्न सक्नेछन् ।
हाललाई यो सेवा NFC सपोर्ट गर्ने एनराेइड मोबाईलबाट प्रयोग गर्न सकिनेछ र सेवा प्रयोग गरेबापत ग्राहकलाई कुनै पनि शुल्क लाग्ने छैन ।
बैंकले साझेदारी र सहकार्य लाई आत्मासात गर्दै F1soft International Pvt. Ltd., Nepal Clearing House Limited (NCHL) / Citytech Pvt. Ltd. संगको संयुक्त प्रयासमा उक्त सेवा विस्तार गरेको हो ।
बैंकले Tokenization लाई बिस्तारै अन्य प्रोडक्ट तथा र्सभिस हरुमा पनि प्रयोगमा ल्याउने जानकारी गराएको छ ।
बैंकिङ्ग क्षेत्रमा विभिन्न ट्रेण्ड सेट गर्दै अगाडी बढीरहेको माछापुच्छ्रे बैंकले विशेष गरी डिजिटल बैंकिङ्ग क्षेत्रमा अनुसन्धान र खोजलाई प्राथमिकतामा राख्दै नविनतम सेवा र सुविधाहरु आफ्ना ग्राहकहरु माझ संचालन गर्दै आएको विदितै छ । यसैक्रममा समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिदै ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्देश्यले“Tap and Pay“ सेवा यस बैंकले संचालनमा ल्याएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस