Like us!
Follow us!
Connect us!
Watch us!

आफ्ना पार्टीका मन्त्री हटाएर प्रचण्डले आज जनमत पार्टीलाई सरकारमा सहभागी गराउने तयारी

अर्थ संसार

आइतबार, २८ साउन २०८०, ०८ : ५७ मा प्रकाशित

आफ्ना पार्टीका मन्त्री हटाएर प्रचण्डले आज जनमत पार्टीलाई सरकारमा सहभागी गराउने तयारी

सरकारले आज जनमत पार्टी सरकारमा सहभागी गराउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज जनमत पार्टीकी अनितादेवी साहलाई मन्त्री नियुक्त गर्न लागेका हुन् ।

२५ सदस्यीय मन्त्रिपरिषद्ममा जनमत सहभागी गराउन एकजना मन्त्री हटाउनु नै पर्ने अवस्था छ। जनमतलाई भित्राउन प्रधानमन्त्री प्रचण्डले पार्टी नेकपा माओवादी केन्द्रबाट सरकारमा गएकामध्ये एक जनालाई फिर्ता तयारी गरेका छन्।

कसलाई फिर्ता बोलाउने भन्ने माओवादी केन्द्रले टुंगाएको छैन। 

यसअघि प्रचण्ड नेतृत्वको सरकारमा खानेपानी मन्त्री रहेका खानले रोजेको उद्योग मन्त्रालय नपाएको भन्दै राजीनामा दिएका थिए । यसपटक भने जनमत पार्टीबाट सांसद अनिता देवी साहलाई मन्त्रीका लागि यसअघि नै सिफारिस गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको