Like us!
Follow us!
Connect us!
Watch us!

सर्वसाधारणलाई आईपीओ बिक्री गर्न लागेको सिटिजन लाइफले गर्यो राम्रो प्रगति, नाफासँगै अन्य प्रमुख सूचकमा चमक

अर्थ संसार

मंगलबार, ३० साउन २०८०, १४ : १२ मा प्रकाशित

सर्वसाधारणलाई आईपीओ बिक्री गर्न लागेको सिटिजन लाइफले गर्यो राम्रो प्रगति, नाफासँगै अन्य प्रमुख सूचकमा चमक

निकट भविष्यमै सर्वसाधारणलाई आईपीओ बिक्री गर्न लागेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले राम्रो प्रगति गरेको देखिन्छ । कम्पनीको नाफासहित प्रमुख वित्तीय सूचकहरू आकर्षक छन् ।

नाफा

चाैथाे त्रैमाससम्म कम्पनीले २० करोड  ११ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे छ । यो नाफा गत वर्षको तुलनामा ६५.८८ प्रतिशतले धेरै हो । गत वर्ष यस कम्पनीले १२ करोड १२ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको थियो । 

बिमा शुल्क

यस अवधिमा कम्पनीले ५ अर्ब ३५ करोड ९ लाख १० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । उक्त रकम गत आर्थिक वर्षको साेही अवधिको तुलनामा ६.७२ प्रतिशतले धेरै हाे । गत वर्षकाे यसै अवधिमा कम्पनीले ५ अर्ब १ करोड ४१ लाख ९ रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियाे ।

जीवन बीमा कोष

कम्पनीले बिमा कोषको आकार ५६.०७ प्रतिशतले बढाएर ९ अर्ब ४१ करोड २१ लाख ९१ हजार रुपैयाँ पुर्याएकाे छ । 

खुद दाबी भुक्तानी

समिक्षा अवधिमा कम्पनीकाे खुद दाबी भुक्तानी ३५.०८ प्रतिशतले बढेर १ अर्ब ५७ कराेड ९० लाख ४४ हजार रूपैयाँ पुगेकाे छ ।

चुक्ता पूँजी

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ रहेको छ ।

जगेडा कोष

यस कम्पनीको जगेडा कोषमा १ अर्ब ९ करोड ६६ लाख ३६ हजार रुपैयाँ सञ्चित रहेकाे छ ।

कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गर्दै प्रति कित्ता सेयर कुल २४४ रुपैयाँमा पहिलो चरण अर्थात नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्कासन गरेर बाँडफाँड पनि गरिसकेकाे छ । इन्स्योरेन्सले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको