Like us!
Follow us!
Connect us!
Watch us!

नाफा खुम्चिए पनि नेपाल टेलिकमले प्रति सेयर आम्दानी ४० माथी

अर्थ संसार

बुधबार, ३१ साउन २०८०, ०८ : ३३ मा प्रकाशित

नाफा खुम्चिए पनि नेपाल टेलिकमले प्रति सेयर आम्दानी ४० माथी

नेपाल टेलिकमले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। 

खुद नाफा

कम्पनीले समीक्षा अवधिसम्म  ७ अर्ब ८० करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.८६ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८ अर्ब ४७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बिक्री आम्दानी

टेलिकमको बिक्रि आम्दानी घटन पुगेको छ। टेलिकमको आम्दानी २.९४ प्रतिशत घट्दा  ३६ अर्ब ८० करोड ३९ लाख रुपैयाँको मात्र कमाई गर्न सफल भएको छ ।अघिल्लो वर्ष कम्पनीले ३७ अर्ब ९१ करोड रुपैयाँ आम्दानी गरेको थियो। 

अरु आम्दानी 

अन्य श्रोतबाट हुने आम्दानी पनि ५४ करोड ७४ लाख रुपैयाँबाट घटेर २९ करोड ९२ लाख रुपैयाँमा झरेको छ । 

चुक्तापुँजी

१८ अर्ब रुपैयाँ

जगेडा कोष

७५ अर्ब ८२ करोड रुपैयाँमा (अघिल्लो वर्ष  रिजर्भमा ७७ अर्ब २६ करोड रुपैयाँ रहेको )

प्रतिसेयर आम्दानी (ईपीएस)
४३.३६ रुपैयाँ (अघिल्लो वर्ष ईपीएस ४७.०७ रुपैयाँ रहेको )

मूल्य आम्दानी अनुपात ( पीई रेसियो)

२०.९२ रुपैयाँ

प्रतिसेयर नेटवर्थ
५२१.२७ रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको