Like us!
Follow us!
Connect us!
Watch us!

भारतले रच्यो इतिहास : चन्द्रयान–३ चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण

अर्थ संसार

बुधबार, ०६ भदौ २०८०, २१ : ४३ मा प्रकाशित

भारतले रच्यो इतिहास : चन्द्रयान–३ चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण

तस्बिर स्रोत - ISRO

छिमेकी राष्ट्र भारतले चन्द्रमाको दक्षिणी ध्रुव नजिक चन्द्रयान–३ अवतरण गर्दै इतिहास रचेको छ। चन्द्रमाको दक्षिण धुव्रमा पहिलो पटक अन्तरिक्ष यान अवतरण गर्ने राष्ट्र भारत बनेको छ। 

नेपाली समयानुसार आज बुधबार बेलुका ६ः१९ बजे यानले चन्द्रमामा ‘सफ्ट–ल्याण्डिङ’ गरेको हो ।चन्द्रयान–३ का प्रमुख लक्ष्यमध्ये एक पानीमा आधारित बरफको खोजी गर्नु हो। यानले भविष्यमा चन्द्रमामा मानव बसोबास हुनसक्ने सम्भावनालाई सघाउने वैज्ञानिकहरू तर्क गर्छन। 

यस अगाडी अमेरिका, तत्कालीन सोभियत संघ र चीनले सफलतापूर्वक चन्द्रमाको सतहमा यान प्रक्षेपण गरेका छन् । तर चन्द्रमाको दक्षिण ध्रुवमा भने आज सम्म कसैले अवतरण गर्ने सकेका छैन। दक्षिण ध्रुवमा अवतरणको योजनाका उडेको रुसको लुना–२५ यान गत आइतबार चन्द्रमामा दुर्घटनाग्रस्त भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको