वित्तीय साक्षरता अभिवृद्धि गरी वित्तीय प्रणालीलाई सघाउ पुर्याउने उद्देश्यले कामना सेवा विकास बैंकले समाजका हरेक वर्ग र क्षेत्रमा वित्तीय साक्षरता सञ्चालन गदै आएकोमा यही भाद्र ९ गते शाखा कार्यालय भोटाहिटी मार्फत अमः भिसा पुचः को सहकार्यमा कमलादी गणेशथान कुमारी पुजामा सहभागी हुन आएका स–साना बालबालिकाहरु बीच वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बालबालिकाहरुको सुनिश्चित र उज्ज्वल भविष्यको निर्माणको लागि सानै देखि बचतको महत्व र बचत गर्ने बानी बसाल्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बैंकका कर्मचारीहरुले नानी बाबुहरुलाई दक्षिणा, खाता खोल्ने फर्म , वित्तीय परिचालन सम्बन्धि जानकारी झोला लगाएत सामग्री वितरण गरेका थिए ।
यो कार्यक्रमले आर्थिक सुरक्षा, वित्तीय व्यवस्थापन, बचत र खर्चको सन्तुलन, डिजिटल ज्ञान आदि बारेमा बालबालिकाले जानकारी लिन सक्ने विश्वास बैंकले लिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस