Like us!
Follow us!
Connect us!
Watch us!

बिवाईडीको नयाँ शोरुम अब भक्तपुरको सल्लाघारीमा

अर्थ संसार

बुधबार, २० भदौ २०८०, २० : ३१ मा प्रकाशित

बिवाईडीको नयाँ शोरुम अब भक्तपुरको सल्लाघारीमा

बिवाईडीले हालै भक्तपुर सल्लाघारीमा नयाँ सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ ।  कम्पनीले भव्य समारोह बीच वि माई अटोमोबाइल्सको नाममा नयाँ शोरुम उद्घाटन गरेको हो ।  

शोरुम शुभारम्भ गर्दै वि माई अटोमोबाइल्सका प्रबन्ध निर्देशक नरेन्द्र कुमार रानाले ग्राहकहरु माझ बढ्दै गएको बिवाईडीको लोकप्रियतालाई मध्यनजर गर्दै नयाँ शोरुम सञ्चालनमा ल्याउन पाँउदा आफू निकै उत्साहित भएको र ग्राहकहरुको बढ्दो मागलाई परिपुर्ति गर्दै निरन्तर गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्न बिवाईडी प्रतिबद्ध रहेको जानकारी गराएका छन्।    

नेपालको विद्धुतीय गाडीको बजारमा राम्रो बजार हिस्सा ओगटेको बिवाईडीले नयाँ इलेक्ट्रिक एसयूभी एटो थ्री सार्वजनिक गरेसँगै नयाँ शोरुमहरु पनि सञ्चालनमा ल्याइएको छ । बीवाईडीको गाडी चढ्ने हरेक ग्राहकको आवश्यकता पूरा गर्न बिवाईडीले विक्रेता सञ्जाल विस्तारलाई विशेष प्राथमिकता दिई अघि बढिरहेको छ । 

बीवाइडीले नेपालभरि आफ्नो संजाल विस्तार गरिरहेको छ र विरगंज र जनकपुरमा पनि डिलरहरु नियुक्त गरेको छ । उक्त स्थानका शोरुमहरु पनि चाँडै नै सञ्चालनमा आउनेछन् । 

 

64f893522df49.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको