Like us!
Follow us!
Connect us!
Watch us!

नबिल सेक्युरिटिजले डाक्यो साधारण सभा, नाम परिवर्तन गर्दै

अर्थ संसार

विहीबार, २१ भदौ २०८०, १२ : ५८ मा प्रकाशित

नबिल सेक्युरिटिजले डाक्यो साधारण सभा, नाम परिवर्तन गर्दै

नबिल सेक्युरिटिज लिमिटेडले  वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे साधारण सभा असाेज १२ गते शुक्रबार, नबिल सेक्युरिटिज लिमिटेडकाे रजिष्टर्ड कार्यालय, तीनधारा, दरबारमार्ग, काठमाडौंमा बिहान ११:३० बजेदेखि सुरू हुनेछ ।

सभामा सामान्य प्रस्ताव अन्तर्गत सञ्चालक समितिको अध्यक्षबाट पेश हुने आ.व. २०७९/८० सम्मको सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तसम्मको कम्पनीको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त आ.व. २०७९/८० सम्मको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू स्वीकृत गर्ने, आ.व. २०८०/८१ ( २०२३ / २४) को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेकाे छ ।

त्यसैगरी, विशेष प्रस्ताव अन्तर्गत कम्पनीको नाम परिवर्तन गरी “नबिल स्टक डिलर लिमिटेड" कायम गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीका विभिन्न प्रावधानहरूमा संशोधन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने एजेन्डा रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको