Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार खारेज गरिनुपर्छ : सांसद प्रेम सुवाल

अर्थ संसार

विहीबार, २१ भदौ २०८०, १६ : ३७ मा प्रकाशित

सेयर बजार खारेज गरिनुपर्छ : सांसद प्रेम सुवाल

प्रतिनिधि सभा सदस्य प्रेम सुवालले सेयर बजार बन्द गरिनुपर्ने धारणा व्यक्त गरेका छन्। प्रतिनिधि सभामा अर्थमन्त्री डा. प्रकाश शरण महत समक्ष उनले अन्य क्षेत्रका एक्स्पर्टहरु पनि सेयर कारोबारमा लाग्दा मुलुकलाई घाटा भएको र यो सेयर बजारसम्बन्धी कानुन खारेज गर्न मिल्दैन भन्ने प्रश्न राखे। डाक्टर, इन्जिनियर, शिक्षक तथा कर्मचारीहरु दिनभरी मोबाईल, ल्यापटप अथवा कम्प्युटर अगाडी बस्ने, सेयर बजारको उतार चढाव हेर्ने, आफ्नो काममा ध्यान नदिने प्रवित्ति देखियो भन्ने उनको भनाई छ। त्यस्तै अहिले बजार घटेर धेरै सर्वसाधारणहरु आत्महत्या गर्नुपर्ने स्थितिमा पुगेका कारण पनि यो सेयर बजार बन्द गरिनुपर्ने धारणा उनले व्यक्त गरेका छन्।  

जवाफमा अर्थमन्त्रीले सेयर बजारमा लगानी गर्न सबैले पाउने र त्यसलाई अन्यथा लिनु नहुने बताए। अब बिस्तारै सेयर बजार बढ्दै जाने पनि उनले बताए।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको