Like us!
Follow us!
Connect us!
Watch us!

धितो लिलाम मार्फत ठूलो रकम असुल उपर गर्दै नेपाल एसबिआई बैंक, नाफा र एनपीएलमा प्रभाव पर्ने

अर्थ संसार

सोमबार, २५ भदौ २०८०, १२ : १२ मा प्रकाशित

धितो लिलाम मार्फत ठूलो रकम असुल उपर गर्दै नेपाल एसबिआई बैंक, नाफा र एनपीएलमा प्रभाव पर्ने

नेपाल एस.बि.आई. बैंकले शिवशिखर सहकारीका अध्यक्ष केदार नाथ शर्मा संलग्न रहेका कम्पनीहरुको नाममा प्रवाह गरिएको कर्जा असुल उपर गर्न धितो सुरक्षणमा रहेका चल/अचल सम्पत्तिहरुको लिलाम बिक्री प्रकृया अघि बढाएको छ। भदौ १५ गते ३५ दिने सूचना प्रकाशित गर्दै बैंकले गोप्य शिलबन्दीमार्फत सम्पत्तिको बोलकबोल गर्न आह्वान गरेको हो।  

बैंकले शिखर अर्गानाइजेसन लिमिटेडका नाममा प्रवाह गरेको क्यास क्रेडिट र आवधिक कर्जा, शिखर स्पाइस एण्ड फ्रुट इन्डष्ट्रिज प्रा. लि. लाई 
प्रवाह गरेको क्यास क्रेडिट, शिव शिखर खाद्य उद्योग प्रा.लि. लाई प्रवाह गरेको क्यास क्रेडिट, आवधिक कर्जा, प्रतितपत्र र सवारी साधन कर्जा र नटराज फुड इन्डष्ट्रिज प्रा.लि. का नाममा प्रवाह गरिएको क्यास क्रेडिट र आवधिक कर्जा असुल हुन नसकेपछि धितो लिलामीको प्रकृया अघि बढाएको हो। यी सबै कर्जा प्रवाह गर्दा बैंकले केदार नाथ शर्मालाई जमानी राखेको छ। 

उल्लेखित कम्पनीहरुका नाममा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ। 

यी कर्जाको सावाँ ब्याज भुक्तानी नहुँदा बैंकले ठूलो रकम प्रोभिजन गर्नुपरेको थियो। तर अब बैंकले सम्पत्ति लिलाम गरेरै सावाँ ब्याज असुल्ने भएको हो। धितोमा राखिएका जग्गाहरु काठमाण्डौको डिल्लीबजार, चितवन जिल्लाको भरतपुर, मोरंगको बिराटनगर जस्ता प्राइम लोकेसनमा अवस्थित भएका कारण बैंकको सावाँ - ब्याज सहजै उठ्ने गरी बोलकबोल हुनसक्ने सम्भावना रहेको बैंकका एक उच्च तहका कर्मचारी बताउँछन्।
 
यदि लिलाम मार्फत बिक्री भएन भने बैंक आफैले धितो सुरक्षणमा राखिएका चल /अचल सम्पत्ति सकार्नेछ। यी कम्पनीहरुमा प्रवाहित कर्जामा गरिएको प्रोभिजन अब आउने पहिलो त्रैमासको वित्तिय विवरणमा राईट ब्याक हुने हुँदा बैंकको नाफा बढ्ने र खराब कर्जामा उच्च सुधार आउने देखिन्छ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको