Like us!
Follow us!
Connect us!
Watch us!

माईखोला हाइड्रोले डाक्यो स्थगित गरिएकाे एजीएम : शतप्रतिशत हकप्रद मुख्य एजेन्डा, सञ्चालक निर्वाचनकाे प्रस्ताव थपियाे

अर्थ संसार

मंगलबार, २६ भदौ २०८०, १२ : ५६ मा प्रकाशित

माईखोला हाइड्रोले डाक्यो स्थगित गरिएकाे एजीएम : शतप्रतिशत हकप्रद मुख्य एजेन्डा,  सञ्चालक निर्वाचनकाे प्रस्ताव थपियाे

माईखोला हाइड्रोपावर कम्पनी लिमिटेडले यसअघि स्थगित गरिएकाे वार्षिक साधारण सभा पुन: आह्वान गरेकाे छ । कम्पनीकाे हिजो भदौ २५ गते साेमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा असोज १८ गते, बिहीबार लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौँमा बिहान १० बजेदेखि सुरू हुनेछ । 

यसअघि कम्पनीकाे असोज ९ गते गर्ने भनिएकाे साधारण सभा प्राविधिक कारणले उल्लेखित मितिमा वार्षिक साधारण सभा गर्न सम्भव नदेखिएको भन्दै कम्पनीले सभा स्थगित गरेेकाे थियाे । 

सभामा १:१ काे अनुपातमा शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिन्छ । हकप्रदसहित सभाले सामान्यतर्फ ५ र विशेषतर्फ ६ वटा गरी कुल ११ वटा एजेन्डा सभामा पेश गर्दैछ । यसअघि १० वटा प्रस्ताव रहेकाेमा अहिले सञ्चालक निर्वाचन सम्बन्धी प्रस्ताव पनि थपेर ११ वटा पुर्याइएकाे छ ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि असाेज ४ गते, बिहीबार एक दिनका लागि बुकक्लाेज गर्दैछ । त्यसैले, असाेज ३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै सभामा भाग लिन पाउनेछन् ।

शतप्रतिशत हकप्रदसहित यस्ता छन् पारित हुने १० एजेन्डा

(क) सामान्य प्रस्तावहरु :

(१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आ. व. २०७९ / ०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने ।

(२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७९ / ०८० को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने ।

(३) आ.व.२०८०/०८१ को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने ।

(४) संचालक समितिबाट भए गरेका निर्णय, काम कारवाहीहरु अनुमोदन गर्ने ।

(५) संस्थागत सुसाशन सम्बन्धि प्रतिवेदन स्विकृत गर्ने ।

(ख) विशेष प्रस्तावहरु :

(१) संचालक समितिले प्रस्ताव गरी कम्पनीको साधारण सभामा पेश गर्न विद्युत नियमन आयोगबाट प्रस्ताव स्विकृत भए बमोजिम कम्पनीको हाल कायम चुक्ता शेयरपुँजी रु. ३९, २१,५६,८००/- (अक्षेरुपी उनन्चालीस करोड एक्काईस लाख छपन्न हजार आठसय रुपैया) को १:१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने ।

(२) कम्पनीको ठेगाना परिवर्तन गर्ने,

(३) कम्पनीको अधिकृत पूंजी, जारी पूंजी तथा चुक्ता पूंजी वृद्धि गर्ने। कम्पनीको ठेगाना तथा कम्पनीको पुँजी वृदि गर्दा कम्पनीको प्रवन्ध पत्र, नियमावली संसोधन गर्नु पर्ने हुँदा तीन महले बमोजिम कम्पनीको प्रवन्ध पत्र, नियमावलीमा संशोधन गर्ने ।

(४) प्रस्तावित संसोधन तथा धितोपत्र दर्ता तथा निश्कासन सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेर बदल वा सुझाव वा निर्देशन प्राप्त भएमा सोलाई सम्बोधनका लागि आवश्यक संसोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने सम्बन्धमा ।

(५) अन्य कम्पनीमा लगानी गर्ने सम्बन्धमा ।

(६) सञ्चालकहरूकाे निर्वाचन गर्ने । (संस्थापक सेयरधनीबाट प्रतिनिधित्व हुने ४ जना र सर्वसाधारणबाट प्रतिनिधित्व हुने २ जना र स्वतन्त्र सञ्चालक १ जना)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको