Like us!
Follow us!
Connect us!
Watch us!

अल नेपाल इन्फ्रास्ट्रक्चरले डाक्यो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्दै

अर्थ संसार

मंगलबार, २६ भदौ २०८०, १४ : ३७ मा प्रकाशित

अल नेपाल इन्फ्रास्ट्रक्चरले डाक्यो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्दै

अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीको मिति भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीकाे वार्षिक साधारण सभा असाेज १६ गते, मंगलबार कम्पनीको कार्यालय, त्रिपुरेश्वर, काठमाण्डौमा बिहान ११ बजेदेखि Webinar (Zoom) मार्फत हुनेछ ।

सभामा सामान्यतर्फ ४ र विशेषतर्फ ३ गरी कुल ७ वटा एजेन्डाहरू पारित गरिनेछ ।

क) साधारण प्रस्तावहरु

१) संचालक समितिको आ.व. २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२) लेखा परिक्षकको प्रतिवेदन सहित आ.व. २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब तथा साेही अवधिकाे नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने ।

३) आ.व. २०८०/८१ को लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने ।

४) आ.व. २०७९/८० को नगद लाभांश (कर सहित) प्रस्ताव पारित गर्ने ।

ख) विशेष प्रस्तावहरु

१) कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने ।

२) हालसम्मको संशोधन सहितको एकीकृत प्रबन्धपत्र तथा नियमावली गर्ने ।

३) नियामक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको