Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमा कम्पनीले बल्ल निकाल्याे तेश्राे त्रैमाससम्मको वित्तीय विवरण, कस्ता छन् सूचक ?

अर्थ संसार

विहीबार, २८ भदौ २०८०, ११ : ५८ मा प्रकाशित

नेपाल पुनर्बीमा कम्पनीले बल्ल निकाल्याे तेश्राे त्रैमाससम्मको वित्तीय विवरण, कस्ता छन् सूचक ?

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्षको तेश्राे त्रैमाससम्मको वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ । अन्य सूचिकृत कम्पनीले चाैथाे त्रैमासकाे पनि वित्तीय विवरण सार्वजनिक गरिसक्दा कम्पनीले भने भर्खर तेश्राे त्रैमाससम्मको वित्तीय विवरण निकाल्याे । याे वर्ष मात्रै हाेइन प्राय जसाे नेपाल पुनर्बीमा कम्पनी वित्तीय विवरण निकाल्ने मामिलामा सुस्त नै देखिन्छ ।

नाफा

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार तेश्राे त्रैमाससम्म निर्जीवन बिमा व्यवसायतर्फ कम्पनीकाे नाफा घटेको छ भने जीवन बिमातर्फ नाफा सुधार भएकाे छ ।  गत आर्थिक वर्षको तेश्राे त्रैमाससम्म निर्जीवन बिमा व्यवसायतर्फको खुद नाफा ५२ करोड ९० लाख ५२ हजार रुपैयाँमा सीमित भएको छ ।  अघिल्लो वर्ष निर्जीवन बिमा व्यवसायतर्फको खुद नाफा ६० करोड २१ लाख १७ हजार रुपैयाँ रहेको थियाे

यता जीवन बिमा व्यवसायतर्फकाे नाफा भने अघिल्लाे वर्ष २ करोड ९७ लाख ३१ हजार रुपैयाँ नोक्सानमा रहेकोमा गत आर्थिक वर्षको तेश्राे त्रैमाससम्मसम्ममा ६ करोड ७१ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको छ । 

बिमा शुल्क

तेश्राे त्रैमाससम्म कम्पनीले निर्जीवन बिमा व्यवसायबाट २ अर्ब ७९ करोड ८२ लाख ३४ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । जीवन बिमा व्यवसायबाट १ अर्ब ४६ करोड ८७ लाख ९८ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ ।  

कर्जा तथा अन्य स्राेतकाे आम्दानी

समिक्षा अवधिमा कम्पनीकाे कर्जा तथा अन्यबाट हुने आय निर्जीवन व्यवसायतर्फ १ अर्ब ५ करोड रुपैयाँ र जीवन व्यवसायतर्फ ५३ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

बिमा कोष

कम्पनीकाे निर्जीवन बिमा कोषको आकार ३ अर्ब २८ करोड ५४ लाख ४७  हजार रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी

कम्पनीको हाल चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

जगेडा कोष

कम्पनीको कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ४ अर्ब ७८ करोड ६५ लाख ६० हजार रुपैयाँ र जीवन बिमातर्फ ६० करोड २५ लाख २१ हजार रुपैयाँ सञ्चित रहेकाे छ ।

प्रतिसेयर आम्दानी (ईपीएस)

कम्पनीकाे प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८२ पैसा रहेकाे छ ।

प्रतिसेयर नेटवर्थ

कम्पनीकाे प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ४६ पैसा रहेकाे छ ।

पीई रेसियाे

कम्पनीकाे मूल्य आम्दानी अनुपात (पीई रेसियाे) १४५.५७ गुणा रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको