Like us!
Follow us!
Connect us!
Watch us!

बैङ्कले ब्याजदर बढाए, लगानीकर्ता प्यानिक , नेप्से फेरि २००० मुनि

अर्थ संसार

आइतबार, ३१ भदौ २०८०, १५ : ०० मा प्रकाशित

बैङ्कले ब्याजदर बढाए, लगानीकर्ता प्यानिक , नेप्से फेरि २००० मुनि

बैंकहरुले असोज महिनाको व्याजदर बढाए सङ्गै त्यसको प्रत्यक्ष असर सेयर बजारमा देखिएको छ । आइतबार नेप्से  सेयर बजारमा नकारात्मक माहोल देखिएको छ ।

साताको पहिलो कारोबार दिन सेयरमा भारी गिरावट आएको छ । आइतबार बजार एकै दिन ४२.१४ अङ्कले घटेको हो । उक्त दिन बजार परिसूचक १९६४.९१ अङ्कको बिन्दुमा पुगेर बन्द भएको छ । आज सबै इन्डेक्स राताम्य बनेका छन् ।

अघिल्लो कारोबार दिन अर्थात बुधवार ३९.४७ अङ्कले बढेको थियो । तर, लगानीकर्ताको खुसी एक दिन पनि टिक्न सकेन । बजार घटे पनि कारोबार रकम भने वृद्धि भएको छ। आज २ अर्ब २ करोड ८४ लाख ६५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । आज ५६ लाख ५९ हजार ४५८ कित्ता सेयर किनबेच भएको हो ।

आज सबैभन्दा धेरै एनआईसी एसिया बैङ्कको सेयर कारोबार भएको छ। बैङ्कको २७ करोड ५४ लाख ७३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । कारोबार रकमका आधारमा दोस्रो स्थानमा रहेको रिलायवल  नेपाल लाइफको २४ करोड ५२ लाख ९३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यस्तै वाणिज्य बैङ्कको १२ करोड ५४ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । आज सार्वजनिक गरेको ब्याजदरमा हिमालयन बैङ्क, नबिल  बैङ्क, एभरेस्ट बैङ्क, प्राइम कमर्सियल बैङ्क, स्ट्याण्डर्ड चार्टर्ड बैङ्क ,नेपाल एसबिआई बैङ्क र नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले ब्याजदर बढाएका छन्।

सात वाणिज्य बैङ्क मध्य सबैभन्दा धेरै ब्याजदर बढाउने बैङ्कमा हिमालयन बैङ्क रहेको छ भने दोस्रोमा एभरेस्ट बैङ्क रहेको छ। यी दुवै बैङ्कहरूको अधिकतम ब्याजदर १।०५४ प्रतिशत रहेको छ। सिद्धार्थ बैङ्क, माछापुच्छ्रे बैङ्क, एनएमबि  बैङ्क र प्रभु बैङ्कले आश्विन महिनामा ब्याजदरमा केही परिवर्तन गरेनन्।

त्यस्तै ग्लोबल आइएमई बैङ्क, लक्ष्मी सनराइज बैङ्क, कुमारी बैङ्क, सिटिजन्स बैङ्क तथा सरकारी राष्ट्रिय वाणिज्य बैङ्क,र नेपाल बैङ्कले ब्याजदर घटाएका छन्।यी बैंकहरु मध्य नेपाल बैङ्क सबैभन्दा धेरै ब्याजदर घटाएको छ।

अर्थ मन्त्रालयले बैंकहरूलाई ब्याजदर नबढाउने सर्तमा स्थानीय तहको सञ्चित कोषमा रहेको पैसा चलाउने स्वीकृति दिएको छ । बैङ्कहरूले ब्याज नबढाउने सर्तमा बैङ्कहरूलाई स्थानीय तहको सञ्चित कोषमा रहेको निक्षेपको ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न दिएकोमा अर्थमन्त्रीको निर्देशनलाई मान्दै ६ बैङ्कले ब्याजदर घटाए भए ४ बैङ्कले ब्याजदर यथावत् राखे।

स्थानीय तहको सञ्चिति कोषमा १ खर्ब १० अर्ब रकम रहेको छ । त्यसको ६० प्रतिशतले करिब ६६ अर्ब बैङ्कहरूले अब निक्षेपका रूपमा गणना गर्न पाएका छन्। अर्थमन्त्रीले पटक पटक बैङ्कको ब्याजदर घटाउन गरेको आग्रहलाई यी बैङ्कले भने यो ७ बैङ्कले भने अर्थमन्त्रीको आग्रह अस्वीकार गरेको प्रस्टै देखिन्छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको