Like us!
Follow us!
Connect us!
Watch us!

नाडा अटो शो २०२३ सम्पन्न, ७६ हजारले अबलोकन

अर्थ संसार

मंगलबार, ०२ असोज २०८०, ०९ : ०१ मा प्रकाशित

नाडा अटो शो २०२३ सम्पन्न, ७६ हजारले अबलोकन

टाटा मोटर्स जेनुइन आयलद्धारा प्रायोजित नाडा अटो शो २०२३ भदौ ३१ गते आइतबार काठमाण्डौ भृकुटी मण्डपमा सम्पन्न भएको छ । अर्थ मन्त्री प्रकाशशरण महतबाट शुभारम्भ भएकोे यस १५ संस्करणको नाडा अटो शो २०२३ मा करिब ७६ हजार एकसय दर्शकहरुले अबलोकन गरेका छन् ।

निकै ब्यवस्थित रुपमा सञ्चालित यस प्रदर्शनीमा उत्कृष्ट रुपमा श्रृंगारिएका स्टल र अन्तर्राष्ट्रिय रुपमा नाम चलेका लेटेष्ट मोडेलका सवारी साधनहरुका कारण यो प्रदर्शनी निकै भब्य रुपमा सम्पन्न भएको छ । थुप्रै नयाँ ब्रान्डका सवारी साधनहरुका कारण यो प्रदर्शनीमा निकै ठूलो भिड लागेको थियो । यो अटो शो बिगतमा भन्दा निकै भब्य र बृहत भएको अबलोकनकर्ताहरुले समेत टिप्पणी गरेका छन् । देशमा चलेको आर्थिक मन्दीका बावजुद आयोजना गरिएको यो अटो शो ले देशको अर्थ व्यवस्थालाई चलायमान बनाउन सहायकसिद्ध भएको जनाइएको छ ।
यस पटकको अटो शोमा स्टल निर्माणमा सबै कम्पनीले निकै मेहनत गरेको देखिन्छ । त्यसै, यो प्रदर्शनीमा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल साइमेक्स इंक प्रा.लि (विवाइडी) प्रा.लिले जितेको छ र उत्कृष्ट दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल अग्नी मोटोनिक प्रा.लि (जावा) प्रालिले जितेको छ ।

त्यसैगरी लाइट कमर्सियल भेहिकलको बेष्ट स्टल एवार्ड आयाम इण्टरनेशनल प्रा.लि (फोर्स मोटर्स ) ले जितेको छ र बेष्ट सर्पोटिङ्ग स्टलको बेष्ट एवार्ड पौडेल इण्टरप्राइजेज ( लिक्वीइमोली स्टुडोजले) जितेको छ ।

नाडा अटो शो २०२३ का सहप्रायोजकमा शिखर इन्स्योरेन्स, टिकेटिङ्क पार्टनरमा खल्ती, अफिसियल इण्टरनेट पार्टनरमा वल्डलिङ्कले गरेको थियो । यस वर्षको थप आकर्षणमा याडिया इलेक्टीक स्कुटरले लक्की ड्र गरी एक जना भाग्यशाली अवलोकनकर्तालाई उपहार दिने व्यवस्था समेत गरेको थियो ।

नाडा अटो शो २०२३ व्यवस्थापन समितिका अनुसार डोरप्राइज पाउने टिकट नम्बर ९७३१ रहेको छ । विजेताले आफनो टिकट सहित नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको सचिवालय टेकुमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको