Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले बढ्यो नेप्से सुचक, १८२ कम्पनीको मूल्य बढ्दा ३६ को घट्यो

अर्थ संसार

मंगलबार, ०२ असोज २०८०, १५ : १६ मा प्रकाशित

दोहोरो अंकले बढ्यो नेप्से सुचक, १८२ कम्पनीको मूल्य बढ्दा ३६ को घट्यो

मंगलबार शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले बढेको छ । साताको पहिलो दिन आइतबार ४२ अंक घटेको नेप्से सुचक सोमबार भने ४ अंक बढेको थियो । साताको तेस्रो दिन आज १६.२४ अंकको वृद्धिपछि नेप्से १९८५.४३ अंकमा कायम भएको छ ।

हिजो भने बजार एकल अंकले बढेको थियो । कारोबार रकम भने १ अर्ब १७ करोड ६६ लाख ८० हजार पुगेको छ । यसअघि सोमबार ८७ करोड ४ लाख र आइतबार  २ अर्ब २ करोडको कारोबार भएको थियो । कुल १८२ कम्पनीको मूल्य बढ्दा ३६ को घट्यो भने १० कम्पनीको स्थिर रहृयो ।

शुभम पावरको शेयर मुल्य १० प्रतिशतले बढेको छ । सोमबार कारोबारमा यस कम्पनीको शेयर मूल्य १० प्रतिशत नै घटेको थियो । त्यस्तै थ्रीस्टार हाइड्रो, मेन्छियम हाइड्रो, बलेफी हाइड्रो र अभियान लघुवित्त वित्तीय संस्थाको मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । इमर्जिङ्ग नेपालको शेयर मुल्य ८ प्रतिशतले घटेको छ ।

विशेषगरि मौद्रिक नीति मार्फत सेयर धितो कर्जामा तोकिएको १२ को सीमा हट्ने संकेत देखिएको हो । कुनै एक व्यक्ति तथा कम्पनीले सेयर धितो कर्जामा एउटा बैङ्कबाट ४ करोडसम्म लिन सक्ने तथा बैङ्क तथा वित्तीय संस्था समग्रमा १२ करोडभन्दा लिन नपाउने व्यवस्था गरिएको छ ।

राष्ट्र बैङ्कले मौद्रिक नीतिमा गरेको सेयर कर्जा सम्बन्धी उक्त व्यवस्थाले सेयर बजारमा नराम्रो असर पारेको छ । पछिल्लो सेयर बजार ओरालो लागेको छ । अहिलेको सेयर धितोको व्यवस्थाले लगानीकर्ताको मनोविज्ञानमा असर गरेको भन्दै यसलाई परिवर्तन गर्न माग गरिएको थियो ।

निरन्तरको गिरावटपछि मूल्य निकै सस्तो भएकाले लगानीकर्ता आकर्षित हुने आंकलन गर्ने थालिएको छ । नजिकिदैं गएको चाडवर्पमा समेत बजारमा आर्थिक कारोबार बढ्छ । बैंकिङ प्रणालीमा तरलता अवस्थाले पनि बजारको गति निर्धारण हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको