Like us!
Follow us!
Connect us!
Watch us!

वित्तिय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकमा पूँजी बजारको कुरा, २ हप्ता भित्र कार्य योजना तयार गरिने

अर्थ संसार

विहीबार, ०४ असोज २०८०, १५ : ४६ मा प्रकाशित

वित्तिय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकमा पूँजी बजारको कुरा, २ हप्ता भित्र कार्य योजना तयार गरिने

अर्थ मन्त्रालयले वित्तिय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले गरेका निर्णयहरुका बारेमा जानकारी दिँदै प्रेस विज्ञप्ती जारी गरेको छ। असोज २ गते अर्थमन्त्री डा. प्रकाश शरण महतको अध्यक्षतामा बसेको समितिको बैठकमा वित्तिय क्षेत्रका विभिन्न विषयवस्तु हरुमा छलफल भएको थियो। सो बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठ र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायत वित्तिय क्षेत्रका प्रमुखहरुको उपस्थिति थियो।  

बैठकले ८ बुँदामा गरेका निर्णयहरु प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ। तेस्रो नम्बरको बुँदामा पूँजीबजारका बारेमा उल्लेख गरिएको छ। सो बुँदामा वित्तिय क्षेत्र, पूँजीबजार र बीमा क्षेत्रको गतिविधि एवम् नियमनलाई थप प्रभावकारी बनाउने र समन्वयात्मक तरिकाले काम गर्ने भन्ने उल्लेख छ।  

सो बैठकका पूँजी बजारमा राष्ट्र बैंकले लिएको सेयर धितोकर्जा सम्बन्धी नीतिले ठूलो असर पारेको हुँदा सेयर धितोकर्जामा लगाईएको १२ करोडको सिमालाई पुनरावलोकन गर्नुपर्ने विषयमा पनि छलफल भएको बुझिएको छ।  
बैठकमा भएका निर्णयहरुलाई कार्यान्वयन गर्न सम्बन्धित निकायहरुले दुई हप्ता भित्र कार्य योजना तयार गर्ने र अर्को बैठकमा पेश गर्ने निर्णय समेत भएको विज्ञप्तिमा उल्लेख छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको