Like us!
Follow us!
Connect us!
Watch us!

कार, स्कुटी र बाइकको बीमा चाहिँ गर्ने, अनि अमूल्य जीवनको चाहिँ ‘देखा जायेगा !’

–निनाम लोवात्ती

निनाम कुलुङ ‘मंगले

विहीबार, ०४ असोज २०८०, १६ : ४४ मा प्रकाशित

कार, स्कुटी र बाइकको बीमा चाहिँ गर्ने, अनि अमूल्य जीवनको चाहिँ ‘देखा जायेगा !’

नेपालमा जीवन बीमा लागू भएको लगभग ५६ वर्ष भयो । नेपालमा जीवनमा लागू भएको यति लामो अवधि पुग्दा पनि नेपालको सम्पूर्ण जनसंखयाको पाँच भागमा एक भाग जनसंख्याले पनि जीवन बीमा गरेका छैनन् । अर्थात हालसम्म लगभग २१ प्रतिशत नेपालीहरुले मात्रै जीवन बिमा गरेका छन् । नेपालमा व्यवसायीक रुपमा बीमा व्यवसाय गर्न विसं २०२४ मा प्राइभेट कम्पनीको रुपमा एक कम्पनी स्थापना भएको भए तापनि विसं २०२५ मा राष्ट्रिय बीमा संस्थान ऐन अन्तर्गत संस्थाको रुपमा विसं २०२५ पौस १ गते राष्ट्रिय बीमा संस्थान (आरबीएस) स्थापना भयो ।

यसरी विसं २०२५ मा ‘राष्ट्रिय बीमा संस्था ऐन २०२५’ अन्तर्गत २०२५ पुस १ गते स्थापना भएको भए तापनि संस्थाले विसं २०२९ देखि मात्रै जीवन बीमाको कारोबार सुरु गर्यो । त्यसपछि विसं २०४६ सालको राजनैतिक परिवर्तनपछि बनेको तत्कालीन नेपाली कांग्रेसको सरकारले खुल्ला अर्थनीति अपनाएपछि अन्य उद्योग, कलकारखाना, बैंक, वित्तिय संस्था, कम्पनीहरुका साथै व्यवसायीक घरानाहरु पनि खुले । त्यसैमा बीमा कम्पनीहरु पनि परे ।

यसै क्रममा विसं २०५८/०५९ ताका नेपाल लाईफ इन्सुरेन्स कम्पनी (एनएलआईसी), नेसनल लाईफ ईन्स्युरेन्स (एनएलसी), अमेरिकन लाईफ इन्सुरेन्स कम्पनी (एलिको), लाईफ इन्सुरेन्स कम्पनी अफ इन्डिया (एलआईसीआई) खुले । यी मध्ये अमेरिकन लाईफ इन्सुरेन्स कम्पनी (एलिको) को मुख्य कार्यलय अमेरिकामा र लाईफ इन्सुरेन्स कम्पनी अफ इन्डिया (एलआईसीआई) को मुख्य कार्यलय भारतमा रहेको छ भने अमेरिकन लाईफ इन्सुरेन्स कम्पनी (एलिको) नाम फेरिएर नयाँ नाम ‘मेट लाईफ’ भएको छ । विगतमा १९ वटा जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेको भए तापनि अहिले नेपालका जीवन बीमा कम्पनीहरु मर्ज भएर १४ वटामा झरेका छन् ।   

उता एक्कासी विसं २०७६ को माघ–फाल्गुनमा फैलिएको लिएको विश्वव्यापी कोरोना महामाहरीले गर्दा नेपाली जीवन बीमा कम्पनीहरु र जीवन बीमा एजेन्टहरुको भविश्यमा धरमरको स्थिति आयो, जुन अहिलेसम्म कायमै रहेको छ । त्यस माथि सरकारले थप तीन वटा नयाँ जीवन बीमा कम्पनीहरुलाई अनुमति दिने भन्दैछ । हुन त अहिलेको जमाना भनेको प्रतिस्पर्धाको जमाना हो, सक्नेहरुले प्रतिपर्धा गरेरै अगाडि बढ्नु पर्छ्, किक्नु पर्छ । टिक्नेहरु टिक्छन्, नटिक्नेहरु ...।

यस कार्यका लागि जीवन बीमा कम्पनी हुन् वा अभिकर्ता (एजेन्ट) हरु हुन्, जो कोही पनि आफ्नो व्यवयसाय र रोजगारी टिकाउनका लागि तयारी अवस्थामा रहनै पर्छ ! तर, वास्तवमै भन्ने हो भने, सरकारले कुनै पनि जागिरेहरु जस्तै निजामती, जंगी, विदेशी राजदूतावासमा कार्यरत, दातृ निकायमा कार्यरत, आइएनजिओ-एनजिओमा कार्यरत, अर्ध सरकारी संस्थानमा काम गर्ने आदिले जोकोहीले जीवन बीमा गरेमा त्यस्ता जागिरेहरुको आय करमा जसरी हाल वार्षिक २५ हजारसम्मको आयमा मात्रै आय कर छुट दिएको छ, त्यसलाई बढाएर र, तहगत रुपमा कम्तिमा वार्षिक ५० हजारदेखि माथि ७० हजार, ८० हजार, ९० हजार, १ लाख, १ लाख ५० हजार, २ लाख, २ लाख ५० हजार, ३ लाख, ३ लाख ५० हजार, ... गर्दै उनीहरुले गर्ने वार्षिक आमदानीमा फरक–फरक आय कर छुट दिने नीति लागू गर्नुपर्ने देखिन्छ । साथै व्यक्तिगत प्यान नम्बर लिने सबै करदाताहरुमा पनि यो नीति लागू गरेमा ‘सुनमा सुगन्ध !’ हुने थियो ।

अझ नेपाल सरकारले नेपालका सबै नेपालीहरुको घरपरिवारले पनि आफ्नो आय स्रोतको आधारमा अनिवार्य रुपमा जीवन बीमा गर्नैपर्ने नीति ल्याएमा जीवन बीमा कम्पनीहरु र जीवन बीमा अभिकर्ता (एजेन्ट) हरुका लागि मात्रै नभएर सरकारलाई पनि अरु बढी आमदानी अर्थात्  ‘उपरी माथि थुपरी !’ नै हुने थियो कि ? साथै बीमितहरुको जोखिम वहन पनि हुने थियो ।

यसो भएपछि नेपालीहरुमा अनिवार्य वचत गर्ने बानी पनि बस्ने थियो । तर, के गर्नु ‘अँधेरी नगरको चौपट राजा ...’ तर, नेपालीहरुले जीवन बीमाबारे आफैले खासै केही बुझेकै छैनन् । त्यसैले त उनीहरुलाई जीवन बीमा गराउनका लागि जीवन बीमा एजेन्टहरुले नै जीवन बीमाबारे बुझाउनुपर्ने अवस्था छ । कतिपयले त त्यसरी जीवन बीमाबारे खोज्दा पनि बुझ्नै चाहँदैनन् ।

कतिपय मानिसहरु अझै पनि जीवन बीमा के हो र किन गर्ने ? सुन्नै-बुझ्नै चाहँदैनन् । त्यसो हुनुमा नेपालमा हालसम्म जीवन बीमाबारे सरकारी स्तरमा तल्लो तहदेखि पढाई नहुनु, जीवन बीमाको आवश्यक्ता र महत्वबारे सरकारी स्तरमा व्यापक प्रचारप्रसार र लगानी नहुनु, पढालेखा र बुद्धीजीवी भनिएका कतिपय मानिसहरु नै जीवन बीमाप्रति नकारात्मक हुनु, आर्थिक क्षेत्रमा विभिन्न ढंगले लागेकाहरु नै पनि जीवन बीमाप्रति नकारात्मक हुनु, उनीहरु नकारात्मक नै नभए तापनि जीवन बीमाबारे नकारात्मक ढंगले टिप्पणी गर्नु आदिलाई लिन सकिन्छ । तर, हाम्रो देश नेपालमा कस्तोसम्म अवस्था देखिन्छ भने, आफु चढेको निश्चित मूल्यको गाडी, स्कुटी वा मोटर बाईकको भने, बीमा गर्ने गर्छन् । किनभने, बीमा नगरी गाडी, स्कुटी वा मोटर बाईक दर्ता नै हुँदैन ।

गाडी, स्कुटी वा मोटर बाईकको बीमा नगरे नवीकरण पनि हुदैंन। तर, त्यही मानिस जो निश्चित मूल्य तोकिएको गाडीहरु, जस्तै जिप, भ्यान, कार, स्कुटी वा मोटरसाइकलको बीमा चाहिँ गर्छ । किनभने, ती गाडीहरु, जस्तै जिप, भ्यान, कार, स्कुटी वा मोटरसाइकलको बीमा नगरे दर्ता नै हुँदैन, नवीकरण नै हुँदैन । ड्राईभिङ लाईसेन्स नै निक्लँदैन । त्यसैले गर्दा मानिसहरु आफ्नो जिप, भ्यान, कार, स्कुटी, मोटरसाइकलको बीमा चाहिँ गर्छन्, आफ्नो अमूल्य जीवनको चाहिँ ‘देखा जायेगा !’ भनेर बीमा गर्दैन्?

खासमा नेपालका बुद्धिजीवी, लेखक, विश्लेषक, मिडियाकर्मीहरु, दैनिक, साप्ताहिक, पाक्षिक तथा मासिक पत्रपत्रिकाका पत्रकार कामरेडहरुले नै जीवन बीमा गर्नु बेकार हो, बरु बैंकमा फिक्स्ड डिपोजितमा राख्नु फाइदा हो ! भन्छन् अथवा जीवन बीमाको कुरो गर्यो कि उनीहरुले ‘जीवन बीमा गर्नु बेकार हो, बरु बैंकमा फिक्स्ड डिपोजितमा राख्नु फाइदा हो !’ भन्ने गरेको पनि यत्रतत्र सुनिन्छ । एक छिनलाई मानौं, बैकमा फिक्स्ड डिपोजित राख्नु नै मानिसहरुका लागि फाइदा हो रे !

जीवन बीमा गर्न चाहने जो कोही व्यक्तिले एकैचोटि ६, ७, ८, ९, १० लाख अथवा ३०, ३५, ४०, ५०, ६० लाख वा करोडौं रकम राख्न सक्छ त ? बैंकमा फिक्स्ड डिपोजिटमा पैसा राख्दा बैंकहरुले तपाई–हाम्रो जीवनमा अकस्मात आउन सक्ने अनेकौं जोखिमहरु बहन गर्छन् ? बरु जरुरी परेर फिक्स्ड डिपोजितमा राखेको पैसो बीचैमा झिक्नु परेमा जीवन बीमा कम्पनीहरुले जस्तो बैंकहरुले बोनस अथवा ब्याज थपेर (३–४–५ वर्ष पुगेपछि) फिर्ता गर्नुको सट्टा उल्टै डिपोजित राखेको व्यक्तिको पैसो खर्लप्पै (निश्चित रकम काटेर मात्रै) फिर्ता दिन्छ । अब तपाईँ आफ्नै भन्नोस् त जीवन बीमा गरेको राम्रो कि, बैंकमा डिपोजित गरेको राम्रो ?  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको