Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ क्यापिटलको शाखा कार्यालय चिप्लेढुङ्गा पोखरामा

अर्थ संसार

शुक्रबार, ०५ असोज २०८०, १० : ०८ मा प्रकाशित

मुक्तिनाथ क्यापिटलको शाखा कार्यालय चिप्लेढुङ्गा पोखरामा

मुक्तिनाथ क्यापिटल लिमिटेडले शाखा विस्तारको क्रममा चिप्लेढुङ्गा पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाको उद्घाटन मुक्तिनाथ विकास बैंकका उपभोक्ता बैंकिङ्ग प्रमुख, बाबुराम ढकाल र संस्थापक सेयरधनी नविन ढकालले संयुक्त रुपमा गरेका हुन् । समारोह मुक्तिनाथ विकास बैंकका चिप्लेढुङ्गा शाखा प्रमुख रामचन्द्र रानाभाटले संचालन गरेका थिए । यस समारोहमा गण्डकी प्रदेश प्रमुख शंकर के.सी सहायक प्रदेश प्रमुख ऋषिराम ढकाल तथा बैंकका विभिन्न शाखा प्रबन्धकहरुका साथै बैंकका अन्य कर्मचारी तथा लगाानीकर्ताहरुको उपस्थिति रहेको थियो ।

क्यापिटलले मुक्तिनाथ विकास बैंक तथा लुम्बिनी विकास बैंक गरी सम्पूर्ण शाखा कार्यालयहरुबाट करिब १ लाख ३२ हजार सेवाग्राहीहरुलाई निक्षेप सदस्य ९डिम्याट खाता० सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । हाल सम्म रु। ५० करोड भन्दा बढी रकमको लगानी ब्यवस्थापन गरी आफ्नो सेवाग्राहीहरुलाई उचित प्रतिफल दिन सफल रहेकोछ । यस संगै क्यापिटलले कुल १४ वटा विभिन्न क्षेत्रका संस्थाहरुको करीब चार लाख शेयरधनीहरुलाई शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।

क्यापिटलले आफ्नो सेवाग्राहीहरुको आवश्यकतालाई मध्यनजर गरी निक्षेप सदस्य, शेयर रजिष्ट्रार, लगानी ब्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभुति र निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी सेवाहरु नारायण्चौर, नक्साल स्थित प्रधान कार्यालयबाट दिँदै आईरहेकोमा अब उपरान्त ती सेवाहरु नयाँ शाखा कार्यालयबाट पनि सजिलै प्राप्त गर्न सक्नुहनेछ । निकट भविष्यमा साना लगानीकर्ता तथा विपन्न वर्गलाई लक्षित गरी मुक्तिनाथ विकास बैंक कोष प्रबद्र्धक रहेको सामूहिक लगानी कोष पनि नेपाली पूँजी बजारमा ल्याउँदै छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको