Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंक बोर्ड बैठक सम्पन्न, सुन आयातको सीमा बढाउने तयारी

अर्थ संसार

शुक्रबार, ०५ असोज २०८०, १६ : ३३ मा प्रकाशित

राष्ट्र बैंक बोर्ड बैठक सम्पन्न, सुन आयातको सीमा बढाउने तयारी

नेपाल राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड) बैठक शुक्रबार बसेको छ । बोर्ड बैठकले नव नियुक्त अर्थ सचिव डा. कृष्णहरि पुष्करलाई स्वागत गरेको छ । अर्थ सचिव डा. पुष्करले प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठसँग राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रुपमा बिहीबार सपथ लिएका थिए ।
 
राष्ट्र बैंक उच्च स्रोतको अनुसार शुक्रबारको  बोर्ड बैठकमा सुन आयात सम्बन्धी छलफल भएको थियो । शुक्रबारको बैठकको सम्बन्धमा आईतबार राष्ट्र बैंकले सर्कुलर जारी गर्ने तयारी गरेको बताईएको छ । १२ करोडको शेयर धितो कर्जा सीमाको  सम्बन्धमा छलफल भए नभएको सम्बन्धमा राष्ट्र बैंकले केही खुलाएको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको