Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं महानगरले मौलिक सीप र उत्पादनसँग जोडिएका वस्तु तथा उत्पादनलाई बजारीकरण गरिदिने

अर्थ संसार

शुक्रबार, ०५ असोज २०८०, १७ : २५ मा प्रकाशित

काठमाडौं महानगरले मौलिक सीप र उत्पादनसँग जोडिएका वस्तु तथा उत्पादनलाई बजारीकरण गरिदिने

काठमाडौं महानगरले मौलिक सीप र उत्पादनसँग जोडिएका वस्तु तथा उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बजारीकरण गरिदिने भएको छ ।

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र हुँदै आएका माटाका भाँडाकुँडा बनाउने, चित्रकला, मूर्तिकला, काष्ठकला, प्रस्तरकला, खानपान, बाद्य सामग्री निर्माण, पहिरन र शृङ्गारका सामाग्री निर्माण जस्ता उद्यमहरुबाट उत्पादित वस्तुलाई बजारीकरण गर्न महानगर अब सहयोग पुर्याउने काठमाडौं महानगरका मेयर बालेन शाहले जनाएका हुन् । यस किसिमका उद्यम स्थानीयवासीको आय वृद्धिसँग पहिचान गरी त्यसलाई वडाको पहिचानसँग जोड्नु पर्ने उनको भनाई छ ।

 ‘एक वडा : एक नमुना कार्यक्रम’ मार्फत मौलिक सिप र उत्पादनसँग जोडिएका बस्तु तथा उत्पादनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा परिचित गराउने कार्यक्रम महानगरले सञ्चालन गर्न लागेको हो । मौलिक सिप र उत्पादनलाई प्रवर्द्धन गरेर वडा र टोल स्तरमा नागरिकलाई उद्यमी बनाउने र जीवनयापन पद्धतिलाई सहज बनाउने कार्यक्रमको उद्देश्य रहेको बालेनले जनाएका छन् ।

वडाहरूमा हुँदै आएका परम्परागत पहिचानहरू उद्यमशीलतासँगै स्थानीय स्तरमा आय आर्जनका लागि अवसर बन्ने उनको भनाई छ । यसका लागि आफ्नो वडाको मौलिक उत्पादन र वडा स्तरीय उद्यमशीलता पहिचान गरेर पठाउन महानगरका प्रत्येक वडालाई पत्राचारसमेत गरिसकेको बालेनले जनाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको