आइतबार प्रि-ओपनमा नेप्से इन्डेक्समा सामान्य गिरावट भएको छ ।
अघिल्लो कारोबार दिन ४४.३४ अङ्कको उछाल लिएको नेप्से परिसूचक आइतबार प्रि-ओपनमा ०.३६ अङ्कले घटेको हो । प्रि-ओपनमा आज ९ लाख १९ हजार २ सय ७७ रुपैयाँ बराबरको कारोबार भएको छ भने ३५ कम्पनीका ३ हजार २ सय ७२ कित्ता खरिद बिक्री भएको छ ।
प्रि-ओपनमा १८ कम्पनीको भाउ बढ्दा, ११ कम्पनीको भाउ घटेको छ भने ६ कम्पनीको भाउ स्थीर छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस