Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकले बोलायो साधारण सभा, लाभांश पारित मुख्य एजेण्डा

अर्थ संसार

सोमबार, ०८ असोज २०८०, ०७ : ४० मा प्रकाशित

सानिमा बैंकले बोलायो साधारण सभा, लाभांश पारित मुख्य एजेण्डा

सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको साधारण सभा डाकेको छ। गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई घोषणा गरेको लाभांश पारित गर्न बैंकले आफ्नो १९ औँ वार्षिक साधारण सभा डाकेको हो। 

साधारण सभा कात्तिक महिनाको २ गते, बिहीबार बिहान ११ बजे कुण्डलिनी दरबार ब्याङ्गवेट, चण्डोल, काठमाडौँमा बोलाइएको छ। 

सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित गरी ५।७० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

यस बहेको सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि संचालक समितिले अगाडी सारेको छ। 

साधारण सभा प्रयोजनार्थ बैंकले असोज २२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। अर्थात असोज २१ गतेसम्म  कायम रहेका सेयरधनीहरुले मात्र बैंकको साधारण सभामा भाग लिन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्नेछन। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको