Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकको साधारण सभा आवहान, बुक क्लोज कहिले?

अर्थ संसार

सोमबार, ०८ असोज २०८०, ०८ : ४९ मा प्रकाशित

एभरेष्ट बैंकको साधारण सभा आवहान, बुक क्लोज कहिले?

एभरेष्ट बैंक लिमिटेडले  साधारण सभा डाकेको छ।  बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश पारित गर्ने प्रस्ताव सहित वार्षिक साधारण सभा बोलाएको हो। 

बैंकले आफ्नो २९ औँ वार्षिक साधारण सभा, असोज ३० गते मंगलबार लैनचौर ब्याङ्कवेट, काठमाडौँमा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १०.५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

तेस्तै साधारण सभामा  संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि रहेका छन्। 

साधारण सभा प्रयोजनार्थ बैंकले असोज १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जस अनुसार असोज १५ गतेसम्म कायम रहेका सेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्नेछन। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको